नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानहरुद्वारा वीरगन्जमा प्रदर्शन

वीरगन्ज, १५ जेष्ठ : नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानले सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने माग गर्दै उनिहरुले वीरगन्जमा विरोध ¥याली प्रदर्शन गर्दै कोणसभापनि गरेका छन् ।

सोमबार दिउँसो घण्टाघर चोकबाट सुरु विरोध ¥याली माइस्थान , आदर्शनगर , अलखीयामठ , घडीअर्वा हुदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

नागरिकता विहिन नागरिक संघर्ष समिति पर्साको अगुवाईमा भएको विरोध ¥याली र कोणसभामा सहभागीहरुले नागरिकता विद्येयक प्रमाणीत गर , जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दे , आमाको नामबाट पनि नागरिकता दे लगायतका नारा लेखिएका प्ले कार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।

नागरिकता विहिन नागरिक संघर्ष समिति पर्साका अध्यक्ष विवेक रौनीयारले बुबा आमा दुवै नेपाली नागरिक भएपनि आफुहरु अनागरिक भएर बाँच्नु परेको गुनासो गरे । उनले भने,‘ कि त राज्यले हामीलाई नेपाली नागरिकता दिओस् होइन भने हामीलाई अनागरिक भनेर यो देशबाट निकाला गरिदिओस् ।’

नागरिकता नहुदाँ बैंकमा खाता खोल्न देखि उच्च शिक्षा अध्ययन गर्नबाट समेत आफुहरु बञ्चित हुनु परेको दुखेसो उनले सुनाए ।
प्रदर्शनमा सहभागी समितिका उपाध्यक्ष धिरज साहको पनि दुखेसो विवेकको जस्तै थियो । उनले भने,‘ बुबा आमा दुवै नेपाली नागरिक हुनुहुन्छ तर म उहाँहरुले नै जन्माएको सन्तान जन्मेदेखि नै अनागरिक भएर बाँचेको छु । नागरिकता नहुदाँ जागीर पाएको छैन , अरु त के भन्ने सिमकार्ड लिनबाटपनि बञ्चित हुनुपरेको पिडा छ । ’

संसदको दुवै सदनबाट पारित भइसकेको नागरिक विद्येयक यसअघिका राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरिदिदाँ आफुहरु अनागरिक भएर बाँच्नु परेको भन्दै प्रदर्शनमा सहभागी सावन कलवारले पूर्वराष्ट्रपति भण्डारी प्रति आक्रोश नै पाखे । कलवारले भने,‘ स्नातक तहको पढाइ सकिसकेको छु, उमेर पनि २२/२३ वर्ष भइ सक्यो , तर मसंग नागरिकता छैन , जसका कारण देशमै जागीर पाउन सकेको छैन , विदेश जान पनि सकेको छैन ।

नेपालकको संविधानमै २०६३ साल सम्म जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने उल्लेख हुदँँसमेत सरकारले आफुहरुलाई वर्षौदेखि अनागरिक बनाएर राखेको गुनासो उनले गरे ।

सरकारले राष्ट्रपतिबाट नागरिकता विद्येयक प्रमाणीकरण गराएर जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन अबपनि ढिला गरे देशभरका नागरिकता विहिन युवा युवतीहरु सडक आन्दोलनमा उत्रने चेतावनी समितिका अध्यक्ष रौनीयारले दिए । रौनियारले भने,‘ सरकाले अबपनि हाम्रो पिडा सुनेन भने हामी जस्तोसुकै कदम उठाउन बाध्य हुनेछौ जुन सरकारका लागि आत्मघाती कदम हुनेछ ।

 

The post नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानहरुद्वारा वीरगन्जमा प्रदर्शन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानहरुद्वारा वीरगन्जमा प्रदर्शन
नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानहरुद्वारा वीरगन्जमा प्रदर्शन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/nagarikta-1.jpg?resize=1024%2C461&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_490.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_490.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy