मधेसखबर
वीरगन्ज,१९ बैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडीअर्वास्थित ब्रम्ह बाबाको मन्दिरमा जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठानका लागि मंगलबार भव्य कलश यात्रा निकालिएको छ ।
ब्रम्ह बाबाको मन्दिरमा चाँदीबाट निर्मित जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठान् बुधबार गरिने भएकोले त्यसको एकदिन पहिले आज मंगलबार भव्य कलश यात्रा निकालिएको हो ।
मंगलबार बिहान घडीअर्वा पोखरीबाट कलशमा जल भरेर सुरु भएको कलश यात्रा माइस्थान , आदर्शनगर , अलखीयामठ हुदै ब्रम्ह बाबा मन्दिरमा पुगेर पूजापाठ गरि सम्पन्न भएको स्थानीय सोनालाल साह कानुले जानकारी दिए ।
कलश यात्रामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुका साथै महिला , युवती , किशोरीका साथै सयौं भक्तजनहरुको सहभागीता थियो ।
हिन्दु धर्मावलम्बीहरुको अगाध आस्थाका रुपमा रहेका ब्रम्ह बाबा मन्दिरको वडावासी आफैले आर्थिक सहयोग संकलन गरि सौन्दर्यकरण गर्नुका साथै चाँदीको मुर्ती स्थापना गर्न लागेका हुन् । मन्दिरमा यसअघि भएको मुर्ती चोरी भएपछि वडावासीले नयाँ मुर्ती स्थापना गर्न लागेको स्थानीय युवा मनोहर साहले बताए ।
The post घडीअर्वाको ब्रम्ह बाबा मन्दिरमा मूर्ती स्थापनाका लागि भव्य कलश यात्रा appeared first on Madhes Khabar.