
बारा, ७ जेष्ठ : बारामा विषालु सर्पले डस्दा एक जना वृद्धको मृत्यु भएको छ । सर्पको डसाईबाट मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर ९ तेर्सो लाईन टोलका ७२ वर्षिय विष्णु पौडेल रहेको प्रहरीले जनाएको छ।
शनिबार साँझ आफ्नै घर पछाडिको बारीमा गएको बेला पौडेललाइ विषालु सर्पले डसेको थियो । सर्पले डसेलगत्तै पौडेललाई उपचारको लागि निजगढ बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएपनि चिकित्सकले पौडेललाई मृत घोषणा गरेका थिए ।
The post बारामा विषालु सर्पले डस्दा एक वृद्धको मृत्यु appeared first on Madhes Khabar.