पाकेटमारबाट पिडित मधेसका मुख्यमन्त्री यादव भन्छन् : मेरै पाकेट दुई दुई पटक मारियाे

जनकपुरधाम,१७बैशाख : भीआईपीहरुको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भीआईपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैंले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाएका छन् ।

आइतबार जनकपुरधाममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी एक कार्यक्रममा मुख्यमन्त्री यादवले भने, ‘म सभामुख थिएँ, गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटिदियो ।’

जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा विजय भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएको बेलामा पनि आफ्नो खल्तीबाट पैसा चोरिएको घटना यादवले सुनाए । उनले भने, ‘म मुख्यमन्त्री भएर भर्खर गएको थिएँ बिहीबार । मेरै घरको दुई किलोमिटर बगलमा उपेन्द्र जीको विजय जुलुस आयो । म त्यहाँ गएँ । त्यो दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो ।’

आफू पाकेटमारबाट पीडित भएका दुई प्रतिनिधि घटना सुनाउँदै उनले सुरक्षा व्यवस्था फितलो भएको बताए । प्रहरी समायोजन नहुँदा पनि शान्ति सुव्यवस्थामा असर गरेको उनको भनाइ छ । समायोजन नगरे पनि समन्वयमा काम गरिदिँदा पनि समस्याको समाधान निकाल्न सकिने उनको मत छ ।साभार:अनलाइनखबर

The post पाकेटमारबाट पिडित मधेसका मुख्यमन्त्री यादव भन्छन् : मेरै पाकेट दुई दुई पटक मारियाे appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पाकेटमारबाट पिडित मधेसका मुख्यमन्त्री यादव भन्छन् : मेरै पाकेट दुई दुई पटक मारियाे
पाकेटमारबाट पिडित मधेसका मुख्यमन्त्री यादव भन्छन् : मेरै पाकेट दुई दुई पटक मारियाे
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/IMG_20230430_131304.jpg?resize=933%2C502&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/04/blog-post_394.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/04/blog-post_394.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy