
मधेसखबर
वीरगन्ज,१९चैत : हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द गरिएको छ ।
कुलेखानी, फाखेल , सिस्नेरीलगायत विभिन्न स्थानमा सडक विस्तार तथा स्तरोन्नतीको काम भइरहेकाले भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा आइतबारदेखि तीन हप्ताका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो ।
आइतबारदेखि ३ हप्तासम्म उक्त सडकखण्ड मर्मत गरिने र त्यसक्रममा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भन्दै यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा बन्द गरिएपछि सवारीसाधन र यात्रुहरुले बैकल्पिक मार्गको प्रयोग गरिरहेका छन् ।
आइतबार बिहानैबाट भीमफेदी–कुलेखानी–मार्खु हुँदै चित्लाङको बाटोबाट हेटौंडा–काठमाडौं रुटका सवारी तथा नीजि सवारी सञ्चालनमा छन् । त्यस्तै,कान्तिलोकपथ,नारायणगढ–मुग्लिन सडकखण्ड, दामन–पालुङ सडकखण्डमा पनि यातायात सुचारु रहेको छ ।
The post भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द appeared first on Madhes Khabar.