वीरगन्ज ,१३चैत : साताको दोस्रो दिन सोमबार आज सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजारमा झरेको छ ।
अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महहासंघले जनाएको छ ।
The post घट्याे सुनकाे भाउ appeared first on Madhes Khabar.