उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना

वीरगन्ज,२७ फागुन : उपराष्ट्रपति पदका लागि तीन महिला सहित चार जनाले उम्मेदवारी दिएका छन् ।मनोनयन दर्ताका लागि निर्वाचन आयाोगले शनिबार बिहान ९ देखि दिउँसो २ बजे सम्मको समय दिएकोमा सत्तागठबन्धनबाटट ३ र नेकपा एमाले्बाट १ गरि ४ जनाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका हुन् ।

सत्तागठबन्धन दलहरु बिच सहमति जुट्न नसकेपछि जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय प्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

जसपाका संसदीय दलका नेता समेत रहेका रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् । यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।्

उपराष्ट्रपति निर्वाचनका लागि जसपाबाटै प्रमिला यादवले पनि उम्मेदवारी दिएकी छिन् । यादव , राष्ट्रिय सभा सदस्य हुन् । यादवको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

यसअघि जसपाको केन्द्रीय कार्यकारिणि समितिले रामसहायप्रसाद यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेको भएपनि निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदाय बाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाएको हो ।

यस्तै सत्तागठबन्धनकै जनमत पार्टीबाट सप्तरी जिल्ला इन्चार्जसमेत रहेकी ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् । झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेकी छिन् भने समर्थकमा गोमालाम सापकोटा, विनिता कुमारी सिंह, वसन्त कुमार कुशवाह, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी रहेका छन् ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् ।
शाक्यको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ रहेका छन् । त्यस्तै समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल,भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् । शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

The post उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना
उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/vice-president-candinates.jpg?resize=1024%2C575&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/03/blog-post_76.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/03/blog-post_76.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy