जनकपुर ,३चैत :आईसीसी क्रिकेट विश्वकप-२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलेका दुई खेलाडीलाई मधेस प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने घाेषणा गरेकाे छ ।
मधेसका मुख्यमन्त्री सरोज यादवले बिहिबार युएइ विरुद्धको खेलमा शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई आर्थिक सहयोग गर्ने बताएका हुन् ।
खेलाडी झा र शेखलाई जनही २ लाखका दरले आर्थिक सहयोग गर्ने मुख्यमन्त्री यादवले घोषणा गरेका हुन् ।
मधेस प्रदेशमा गृह घर भएका उनीहरुलाई प्रोत्साहनस्वरुप २/२ लाख रुपैयाँ नगद प्रदान गर्ने घोषणा मुख्यमन्त्री यादवले गरेको उनका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।
बिहीबारको खेलमा आरिफले ६२ बलमा ५२ रन र गुल्सनले ४८ बलमा अविजित ५० रन बनाएका थिए ।
The post नेपाललाई जिताउन भूमिका खेलेका आरिफ र गुल्सनलाई मधेस सरकारले २/२ लाख रुपैयाँ दिने appeared first on Madhes Khabar.