जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार

मधेसखबर
वीरगन्ज ,१० फागुन : वीरगन्ज महानगरपालिकाले सन्चालन गरेको मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रमबाट महानगरका १० हजार भन्दा बढि बिमारीले घरदैलोमै स्वास्थ्य उपचार सेवा पाएका छन् ।महानगरले भदौ अन्तिम साता देखि चार महिना सम्म सन्चालन गरेको मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम मार्फत महानगरको ग्रामीण भेगको वडाका १० हजार ८८५ जनाले स्वास्थ्य उपचार सेवा लिएका हुन् ।

महानगरले जनताको घरदैलोमै पुगेर उपचार सेवा दिने उदेश्यले गत भदौं २६ गते देखि मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सन्चालन गरेको थियो । महानगरपालिकाले वडा वडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाइ टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो ।

शहरको पहुँचबाट टाँढा रहेका महानगरका ग्रामीण भेगका १२ वटा वडामा सन्चालित मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम मार्फत १० हजार ८८५ जनाले उपचार सेवा पाएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए । ती मध्ये महिला ६ हजार ७९६ जना र पुरुष ४ हजार ८९ जना छन् ।

ती मध्ये २ हजार १७२ जनाले ल्याब सेवा (रगत , खकार , दिशा , पिसाबको जाँच) , ४ सय ५३ जनाले युएसजी ( अल्ट्रा साउण्ड) र ६७ जनाले इसिजी सेवा पनि लिएको महानगरका स्वास्थ्य महााशाखा प्रमुख जयसवालले जानकारी दिए ।ओपिडी , ल्याब , युएसजी र इसिजि सेवा लिएका बिरामीहरुलाई रोग अनुसारको निःशुल्क औषधी पनि वितरण गरिएको जयसवालले बताए ।

मेयर स्वास्थ्य घरदैलो शिविर हरेक वडामा ५ दिन सन्चालन गरिएको थियो । जसमा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जनाका साथै स्टार्फ नर्स ,हेल्थ असिस्टटेण्ट ,ल्याब टेक्निसियन र अनमी गरि २५ जना स्वास्थ्यकर्मी खटिएका थिए ।

शिविर सन्चालन गरिएका वडाहरुमा बिरामीको जाँच र ल्याब टेष्टसंगै औषधी पनि निशुल्क वितरण गरिएको थियो ।जयसवालले भने ,‘ यो शीवीरमा बिरामीलाइ नेपाल सरकारले निशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधीका अतिरिक्त उच्च रक्त चाप, मधुुमेह र थाइराइडको औषधी पनि निशुल्क वितरण गरेका थियौं ।

जयसवालले भने ,‘ एउटा वडामा यो शीवीर ५ दिन सम्म चल्यो , डाक्टरले शुरुमा बिरामीको स्वस्थ्य चेकजाँच गर्थे ,आवश्यक परे ल्याब टेष्ट पनि गर्थे , रोग पत्ता लगाएर औषधी दिएपछि मात्रै बिरामीलाइ घर पठाउने गरेका थियौं ।

४ महिना सम्म चलेको यो कार्यक्रममा करिब ६० लाख रुपैया खर्च भएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा प्रमुख जयसवालका अनुसार , यो कार्यक्रममा १५ लाख १२ हजार ७९९ रुपैया मुल्यको औषधी निःशुल्क वितरण गरिएको छ । यस्तै डाक्टर सहित स्वासथ्यकर्मीको तलबभत्तामा २१ लाख २६ हजार रुपैया , ल्याबका केमिकलमा ७ लाख रुपैया खर्च भएको जानकारी जयसवालले दिए ।

घरदैलोमै विशेषज्ञ चिकित्सक र ल्याब टेष्ट सहितको सेवा र औषधी समेत निशुल्क पाएपछि स्थानीय पनि खुशी छन् ।
वडा नम्बर ३० लालपर्सामा सन्चालित शिवीरबाट सेवा लिएका स्थानीय ७३ बर्षिया बृद्ध लाल बहादुर यादवले गाँउघरमै डाक्टर सहितको टोली आएर उपचार गरेकोमा खुशी व्यक्त गरे ।

उनले भने ,‘घरको कोहि पनि बिरामी हुदा वीरगन्ज शहरकै हस्पिटल धाउनु पथ्र्यो , आउदा जादा दिनभरको समय जान्थ्यो ,उस्तै परे बास नै बस्नु पथ्र्यो , खर्च पनि उत्तिक्कै हुन्थ्यो तर गाँउमै ठूला डाक्टरबाट इलाज गराउन पाइयो , दवाइ पनि दिए , तर खर्च एक सुको पनि भएन ।

वीरगन्ज २० कि मालती देवीले समय समयमा यस्ता शीवीर गाँउघरमै सन्चालन गरिए ग्रामीण भेगका जनता बिरामी पर्दा शहर धाउनु पर्ने बाध्यता हट्ने र यसले जनतालाइ उपचार र खर्च दुवैमा धेरै राहत पुग्ने बताइन् ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उदेश्यले यो कार्यक्रम सन्चालन गरेको बताए ।

मेयर सिंहले भने ,‘ महानगरका ग्रामीण भेगका वडाहरुमा शहरको जस्तो सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य संस्था छैनन् ,त्यहा कोहि बिरामी परे उपचारका लागि शहर नै धाउनु पर्ने बाध्यता छ , त्यसैले ग्रामीण भेगका जनतालाइ लक्षित गरि यो कार्यक्रम सन्चालन गरेका थियौं ।
आफनो चुनावी घोषणापत्रमा पनि नागरिकको घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेकोले त्यो वाचा पुरा गर्न पनि यो कार्यक्रम चलाएको र कार्यक्रम सफल भएको पनि उनले बताए ।

 

The post जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार
जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Health-Camp-2.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_52.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_52.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy