माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर

मधेसखबर
वीरगन्ज,१६ फागुन : वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने अभियानलाई अझ तिब्र पारेको छ ।

महानगरले नाला , सडक पेटी , पार्क लगाएतका सार्वजनिक स्थल र जग्गा अतिक्रमण गरि बनाइएका भौतिक संरचनाको निस्सा महानगरपालिकाको कार्यालयमा दुइ दिनभित्रमा पेश गर्न निर्देशन सहितको सार्वजनिक सुचना गत कात्तिक १५ मा जारी गरेको थियो ।उक्त सूचनामा महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न आग्रह पनि गरेको थियो ।तर उक्त निर्देशनलाई अटेर गरिएपछि गत कातिक तेश्रो साता देखि महानगरले त्यस्ता अवैध संरचनाहरु भत्काएर हटाउन शुरु गरेको थियो ।

यसैक्रमा मंगलबार पनि वीरगन्ज महानगरले आदर्शनगर स्थित माइराम पोखरीको जग्गा अतिक्तमण गरि बनाइएका पक्की घरहरु डोजरले भत्काएर खाली गराएको छ ।पोखरीले चर्चेको ५ वटा पक्की घरहरु डोजरले भत्काएर खाली गराइएको मेयर राजेशमान सिंहले बताए ।

माइराम पोखरीको जग्गामा निर्मित चिल्ड्रेन पार्कको पुर्व तिर बनाइएका ५ वटा पक्की घरहरु मंगलबार डोजर लगाएर भत्काइएको उनले बताए । पोखरीले चर्चेको जग्गामा अतिक्रमण गरि बनाइएका अन्य संरचनाहरु पनि हटाउने उनले बताए ।

२०२२ सालको नापीमा आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि माइराम पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको देखिन्छ । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि अहिले पोखरी खुम्चिएर १८ कट्ठामा मात्रै समेटिन पुगेको छ । त्यहि जग्गामा यसअघिका मेयर विजय सरावगीको पालामा महानगरले चिल्ड्रेन पार्क निर्माण गरेको थियो ।

मेयर सिंहले महानगरका निस्सा वा प्रमाण देखाउन नसकेका महानगरका अन्यस्थानका पनि सबै संंरचनाहरु भत्काएर हटाइने बताए ।

वीरगन्ज महानगरले नालाहरु अतिक्रमण गरि बनेका संरचनाहरु पनि ७ दिन भित्र हटाउन फागुन २ गते सूचना जारी गरिसकेको छ ।उक्त सूचनाको म्याद पनि कटिसकेकाले नाला ममाथि बनाइएका सिढी, र्याम्प, छेकवार लगायतका संरचनाहरु पनि महानगर आफैले भत्काएर हटाउने र त्यसमा लागेको खर्च पनि सम्बन्धित व्यक्तिबाटै असूल गर्ने मेयर सिंहले बताए ।

अहिले महानगरपालिकाले अतिक्रमति भूमी फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान नै चलाइरहेकाले महानगर भित्रका नाला तथा सडक, फुटपाथ अतिक्रमण गरी बनेका संरचना हटाउन थालिएको महानगरको भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिका संयोजक प्रदीप कुमार चौरसियाले बताए ।

The post माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर
माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/birgunj-0002.jpg?resize=1024%2C577&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_139.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_139.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy