२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

काठमाडौं, ०३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेपछि नयाँ मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ। पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले माघ ३ गते (आज) दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन्।

राष्ट्रपति कार्यालय शितलनिवासले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्री नियुक्त गरेको र जिम्मेवारी हेरफेर गरेको जनाएको छ।
राष्ट्रपति कार्यालयले मन्त्रीहरूको कार्यविभाजनसँगै बरियताक्रम पनि तोकेको छ।

मन्त्रिमण्डलको पहिलो बरियतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ छन्। प्रधानमन्त्रीसँगै वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी छ।

त्यस्तो दोस्रो बरियतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन्। उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बरियताक्रममा छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बरियताक्रम चौथो छ। पाँचौ बरियताक्रममा राप्रपाका अध्यक्ष उपप्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको बरियताक्रम छैटौँ छ। सातौँ नम्बरमा शहरी विकास मन्त्री विक्रम पाण्डे छन्। आठौँ बरियतामा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साह छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति दामोदर भण्डारी बरियताक्रमको नवौ बरियतामा छन्। दशौँ बरियतामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई छन्।

११ औँ बरियतामा खानेपानीमन्त्री अब्दुल खान, १२ औँ बरियतामा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, १३ औँ बरियतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी १४ औँ बरियतामा , रक्षामन्त्री हरिप्रसाद उप्रेती १५ औँ बरियतामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती १६औँ बरियतामा छन्।

१७ औँ बरियतामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, १८ औँ बरियतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल, १९ औँ बरियतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, २० औँ बरियतामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान छन्।

त्यस्तै तीन राज्यमन्त्री नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की र उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपक बहादुर सिंह नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राज्यमन्त्रीहरूले राष्ट्रपति उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्।साभार : अन्नपूर्ण पोष्ट

The post २३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ? appeared first on Madhes Khabar.



neelambads
Name

news,1647,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: २३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?
२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/sapatha3_20230117133156.jpg?resize=1024%2C502&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/01/blog-post_96.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/01/blog-post_96.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy