वीरगन्जमा ८ करोडको लागतमा खुल्यो साहसिक खेल खेल्ने पार्क

मधेसखबर
वीरगन्ज,१० पुस: साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि वीरगन्जमै साहसिक पार्क संचालनमा आएको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्वर १४ बाइपासको बोलबम पेट्रोल पम्प नजिक संचालनमा ल्याइएको ‘वल्र्ड अण्डर’ पार्कमा रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ ।

आर्थिक नगरि वीरगन्जमा दिन विताउनका लागि आवश्यक घुमफिर गर्ने स्थान अभाव रहेकोमा अब यो पार्क संचालनमा आएसँगै वीरगन्ज घुम्न आउने तथा यहीका स्थानीयका लागि पनि समय बिताउन सहज हुने भएको छ ।

डेढ विघा जग्गामा ८ करोड रूपैयाको लगानीमा वीरगन्जका पाच जना व्यवासीले पार्क सन्चालनमा ल्याएका हुन् । आइतवार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले विधिवत पूजापाठ गरेर पार्ककाे उद्घाटन गरेका छन् ।

पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजिसजावट गरिएको छ । पार्कमा जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, र्यापेलिङ र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने पार्कका सन्चालक साैरभ केडियाले बताए ।

पार्क सन्चालनमा आएसंगै अब वीरगन्ज बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता हटेको केडियाले बताए ।

५ जना व्यवसायीको संयुक्त लगानीमा संचालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहु खेल मैदान पनि रहेको छ । जसमा फुटसल, टेनिस, भलिबल र क्रिकेट खेलको अत्याधुनिक सुविधा पनि लिन सक्ने केडियाले बताए ।

पार्क भित्र छिरिसकेपछि खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरु बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको अर्का संचालक दीपक वैद्यले बताए ।

मेयर सिंहले यस्ता पार्कले घुम्न आउनेका लागि समय व्यतित गर्ने ठाउँ मात्रै नभई रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने विश्वास रहेकाे बताए ।

उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी अशोक वैद्य, सौरभ केडिया, आरोह मित्तल, हेमंत बेद, सनी अग्रवाल लगायतको पनि उपस्थिति थियो ।

The post वीरगन्जमा ८ करोडको लागतमा खुल्यो साहसिक खेल खेल्ने पार्क appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा ८ करोडको लागतमा खुल्यो साहसिक खेल खेल्ने पार्क
वीरगन्जमा ८ करोडको लागतमा खुल्यो साहसिक खेल खेल्ने पार्क
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/IMG-20221225-WA0058.jpg?resize=1024%2C461&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_54.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_54.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy