मधेसी शहिदकाे अपमान गर्ने जसपालाई जनताले ब्यालेटबाट जवाफ दिनेछन् : अजय चाैरसिया

मधेसखबर
वीरगन्ज ,०१ मंसिर : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चाैरसियाले मधेस विराेधी एमालेसंग अपबित्र गठबन्धन गरेर जसपाले मधेस आन्दोलन र मधेसी शहिदहरुकाे अपमान गरेकाे बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगाैलीमा बुधबार राति आयाेजित रात्री सभालाई सम्बाेधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चाैरसियाले भने , जुन एमालेले मधेस आन्दाेलनलाई माखे साङ्लाे भन्याे , मधेसी सपुतहरु मारिदा दुई चार वटा आँप झरेर केही फरक पर्दैन भनेर खिसि ट्युरी गर्याे त्यहि एमालेसंग अहिले चुनावमा गठबन्धन गरेर जसपाले मधेस आन्दाेलन र मधेसी शहिदहरुकाे बलिदानी र त्यागकाे अपमान गरेकाे छ ।

उनले मधेसी शहिदका परिवारलाई ५० लाख रुपैया दिने भाषण गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले भैंसी दिएर झारा टारेकाे आराेप पनि लगाए । उनले भने, अहिले जसपाका उम्मेदवार भाेट माग्न जनता बिच आइरहेका छन् , उनिसंग जनताले मधेसी शहिदका परिवारलाई ५० लाख खाेइ ? भनेर प्रश्न गर्नु पर्छ । मधेस र मधेसीलाई सधै हेप्ने एमालेसंग अहिले गठबन्धन किन गर्नु पर्याे ? भनेर साेध्नु पर्छ ।

चाैरसियाले सत्ता स्वार्थका लागि पटक पटक मधेस विराेधी एमालेलाई साथ दिने जसपालाई यसपालिको चुनावमा मधेसी जनताले सबक दिने जिकिर पनि गरे । पर्सा २ मा अहिले जसपाबाट उम्मेदवार बनेका र आफुलाई विद्वान भन्दै हिडेका व्याक्तिका बारेमा जनता जानकार रहेकाे भन्दै चाैरसियाले भने, उनी आफुलाई विद्वान भन्दै भ्रम छर्दै हिडेका छन् , उनी विद्ववान भन्ने व्याक्तिसंग हरेक विषयमा म खुल्ला बहश गर्न तयार छु , याे मेराे चुनाैती हाे ।

आफू प्लटिङकाे धन्दा गर्ने व्यपारी नभएकाे भन्दै उनले भने, म जनसेवक हु , चुनाव जिते पनि हारे पनि जनताकाे बिचमा रहेर जनताकाे सेवा गर्दै आएकाे छु , यस क्षेत्रका सारा जनतालाई थाहा छ ।

आफू दुई पटक सांसद र एक पटक मन्त्री बन्दाका समय हरेक गाउँ गाउँमा पक्की सडक, नाला , पुल, धर्मशाला , विधालय भवन बनाएका कारण नै अहिले पनि आफू प्रति जनलहर बढेकाे देखेर जसपाका उम्मेदवारले अत्तालिएर गाली गलाैजमा उत्रिएकाे भन्दै चाैरसियाले भने , तर त्यस्ता गाली गलाैजले मलाई केही फरक पर्दैन , बरु अनुराेध गर्छु फाेहाेरी राजनीति नगर्नुस् यदि मैले बाेल्न थाले भने तपाईका धेरै पाेल खुल्नेछन् , तर म त्याे अवस्था नआओस् भन्ने नै चाहन्छु ।

उनले अबकाे चुनावबाट फेरि केन्द्रमा र मधेस प्रदेशमा पनि काँग्रेस नेतृत्वकै सरकार बन्ने ठाेकुवा पनि गरे ।त्यस कारण जसपाले दुई चार सिट जित्दैमा त्यसले न त मधेस न त देशका लागि केही गर्न सक्ने भएकाले गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मत दिई विजयी गराउन चाैरसियाले आग्रह गरे ।
उनले राणा, पन्चायत र राजालाई फाल्ने काँग्रेसका नेता कार्यकर्ता र जनता जनार्दनलाई नधम्क्याउन जसपा र एमालेलाई चेतावनी पनि दिए ।

रात्री सभालाई पर्सा २ (ख) का प्रदेशसभा सदस्य उम्मेद्वार रमेश कुर्मीले पनि सम्बाेधन गरेका थिए ।

The post मधेसी शहिदकाे अपमान गर्ने जसपालाई जनताले ब्यालेटबाट जवाफ दिनेछन् : अजय चाैरसिया appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मधेसी शहिदकाे अपमान गर्ने जसपालाई जनताले ब्यालेटबाट जवाफ दिनेछन् : अजय चाैरसिया
मधेसी शहिदकाे अपमान गर्ने जसपालाई जनताले ब्यालेटबाट जवाफ दिनेछन् : अजय चाैरसिया
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/IMG_20221116_230758.jpg?resize=1024%2C802&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_69.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_69.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy