वीरगन्जमा आयोजित तेली कल्याण समाजको महाधिवेशनमा विशाल जनसहभागीता

मधेसखबर
वीरगन्ज,०५ असोज : मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह तेलीले देशका सात वटै प्रदेश मध्ये मधेस प्रदेश ,अझै पनि सबै भन्दा पछाडि परेको बताएका छन् ।

वीरगन्जमा बुधबार देखि शुरु तेली कल्याण समाजको तेश्रो केन्द्रिय महाधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री साहले विकासको हरेक सुचांकमा मधेस प्रदेश पछाडि परेको बताए । उनले भने ,‘ शिक्षा, स्वास्थ्य , भौतिक पुर्वाधार लगायत सबै क्षेत्रमा मधेस पछाडि परेको छ , त्यसैले शिक्षामा सबै भन्दा पहिले फड्को मार्नु पर्छ ।

मन्त्री साहले शिक्षा बेगर विकास सम्भव नभएकाले सबै भन्दा बढि शिक्षामा जोड दिनु पर्ने बताए । उनले तेली जातिको सशक्तिकरणका लागि पनि पहिलो आवश्यकता शिक्षा नै भएको बताए । तेली लगायतका बैश्य जातिहरुको विकासका लागि भारतमा ओबीसीको जस्तै नेपालमा पनि हरेक क्षेत्रमा आरक्षणको व्यवस्था हुनु पर्नेमा जोड दिए । ओबिसीको राजनीतिक पहुच अब सिंहदरबार सम्म पुरयाउनका लागि तेली कल्याण समाजले भुम्ीका खेल्नु पर्ने पनि उनले बताए ।

 

वीरगन्जमा आयोजित महाधिवेशनमा तेली जातिको विशाल सहभागीताले देशभरमा तेली जाति एकजुट छन् भन्ने सन्देश दिएको पनि उनले बताए । उनले भने ,‘ तेली जातिलाइ राष्ट्रिय पहिचान दिलाउन यो महाधिवेशन सफल भएकोे छ , अब हाम्रो जातिकोे पहुच र सहभागीता मधेस सरकारमा मात्र नभइ सिंहदरबारमा पनि पुरयाउनु पर्छ ।

 

वीरगन्जको घण्टाघर स्थित पार्कमा तेली कल्याण समाजका केन्द्रिय अध्ध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाइ संघीय सांसद प्रमोद साह , भारत बिहारका विधाननसभा सदस्य लालबाबु प्रसाद , संविधानसभासदस्य आत्मराम साह , मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु राजेश्वर साह तेली , पारस साह तेली , दिलिप साह लगायतले पनि सम्बोधन गरेका थिए ।

बुधबार नै बेलुकी देखि नगरसभागृहमा बन्दसत्र शुरु हुने र बन्द सत्रबाट समाजको नयाँ नेतृत्व चयन पनि गरिने समाजका पर्सा अध्यक्ष धु्रुब साह तेलीले जानकारी दिए । महाधिवेशनमा देशभरका जिल्लाबाट तेली जातिका करिब २५ हजार प्रतिनिधी सहभागी भएको पनि उनले बताए ।

The post वीरगन्जमा आयोजित तेली कल्याण समाजको महाधिवेशनमा विशाल जनसहभागीता appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा आयोजित तेली कल्याण समाजको महाधिवेशनमा विशाल जनसहभागीता
वीरगन्जमा आयोजित तेली कल्याण समाजको महाधिवेशनमा विशाल जनसहभागीता
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/Birgunj-1.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_76.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_76.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy