लखनउबाट ७ नेपाली सहित ११ जना बालकको उद्दार

मधेसखबर
वीरगन्ज, ०७ भदौ : भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरिएको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ ।

बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको हो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि (एएचटीयू)को नियन्त्रणमा छन् ।

दिल्लीमा बालश्रमका लागि लैजाँदै गरिएका ११ जना बालकको उद्दार गर्न सफल भएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।

‘ पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर १० देखि १२ वर्ष उमेरका बालकको उद्दार गर्न सफल भएका छौं ,दिल्लीमा निकृष्ट बालश्रममा लगाउन उनीहरुलाई लगिदै थियो,’ उनले भने, ‘ खेल्ने, कुदने, पढ्ने उमेरका यस्ता बालकहरुलाई दिल्ली लगेर १६ घण्टासम्म फ्याक्ट्रीमा काममा लगाइन्छ , जबकी उद्दार गरिएका बालकलाई कहाँ र किन लैजाँदै गरेको भन्ने पनि थाहा थिएन ।’

देशको राजधानी सहर दिल्ली बाल मजदूरीको सबैभन्दा ठूलो गढ बनेको र देशका विभिन्न भागबाट बाल मजदूर लैजाने गरिएको उनको भनाइ छ ।

उद्दार गरिएका ११ जना बालकलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको एएचटीयु रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक शर्माले जानकारी दिए ।

उद्दार कार्यमा एएचटीयु लखनऊका इन्सपेक्टर अजय प्रकाश मिश्रा, चाइल्ड लाइन केयरका संगीता शर्मा लगायत संलग्न भएका थिए । साभार : अनलाइनखबर

The post लखनउबाट ७ नेपाली सहित ११ जना बालकको उद्दार appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: लखनउबाट ७ नेपाली सहित ११ जना बालकको उद्दार
लखनउबाट ७ नेपाली सहित ११ जना बालकको उद्दार
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/11-Nepali-Balak-uddar_Birgunj.jpg?resize=890%2C485&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/08/blog-post_202.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/08/blog-post_202.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy