मधेसखबर
वीरगन्ज,१९असार : गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले वीरगन्ज स्थित मानव सेवा आश्रममा आइतबार खाना खुवााएको छ ।
पुर्वप्रधानमन्त्री एंव नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९९ औं जन्मजयन्तिको अवसरमा फाउण्डेशनले आश्रममा रहेका लक्ष्मी नारायणहरुलाइ बिहानकोे खाना खुवाएको हो ।
फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले फाउण्डेशन मानवीय सेवामा निरन्तर सकृय रहेको बताउदै आश्रमलाइ आवश्यक सहयोग गर्न सधै तत्पर रहेको बताए ।
नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति एंव संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको प्रमुख आतिथ्यतामा भएको खाना खुवाउने कार्र्यक्रममा काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता , जिल्ला प्रवक्ता रमेश पाण्डे , पूर्व जिल्ला सचिव श्याम पटेल, महाधिवेशन प्रतिनिधी दिना गुप्ता , नेताहरु ध्रुब नेपाल , रोशन लामिछाने , फाउण्डेशनका सचिव धिरज कुमार गुप्ता , सदस्यहरु मिन्टु सिंह ,हरेन्द्र यादव लगायतको पनि उपस्थिती रहेको फाउण्डेशनका कोषाध्यक्ष मनोहर साहले जानकारी गराए ।
The post जिपी कोइराला फाउण्डेशनले मानव सेवा आश्रममा खाना खुवायो appeared first on Madhes Khabar.