मधेशखबर
बिरगंज , असार २२ ,२०७९ गिरिजा प्रसाद कोईराला फाउण्डेसन पर्साका अध्यक्ष एवं नेपाली काँग्रेग्रेस पर्साको क्षेत्र नं २ का क्षेत्रिय सभापति मोहमद शाहाबुद्दिन गिरिजा प्रसाद कोइराला फाउण्डेसन मधेश प्रदेशको संयोजक मनोनित भएका छन् ।
जिपि कोईराला फाउण्डेसन संचालक समितिको गत २० गतेको निर्णय अनुसार फाउण्डेसनको मधेस प्रदेशको सन्योजक पदमा महमद शाहाबुद्दिनलाई मनोनित गरीएको हो ।
दुई बर्षको कार्यकाल रहने गरि महमद शाहाबुद्दिनलाई मधेश प्रदेश संयोजकमा मनोनयन गरिएको फाउण्डेसनकी केन्द्रिय अध्यक्ष सुजाता कोईरालाद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ ।
The post जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित appeared first on Madhes Khabar.