मधेसखबर
वीरगन्ज,२५असार : पर्साको धोबिनी गाउपालीका वडा नम्बर ३ गुलरीयाका अति विपन्न एंव दलितहरुलाइ झुल वितरण गरिएको छ ।
ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था पोखरीया शाखाले गुलरीयाका ५० परिवारलाइ किटनाशक झुल बितरण गरेको हो ।
वर्षा याममा लामखुट्टेको टोकाइबाट मलेरिया ,डेँगु लगायतका रोगको प्रकोप फैलने भएकाले विपन्न र दलित परिवारलाइ किट नाशक झुल वितरण गरिएको गलोबल आईएमई लघुबित्त बित्तिय संस्था पोखरीया शाखाका प्रमुख रोहन चौधरीले बताए । झुल वितरण कार्यक्रममा संस्थाका कर्मचारी , स्थानीय अगुवा , सन्चारकर्मी लगायतको पनि सहभागीता थियो ।
The post पर्साका विपन्न र दलित परिवारलाइ झुल वितरण appeared first on Madhes Khabar.