माधुरी महत्तो
वीरगन्ज,३१ असार : वीरगन्जको आदर्शनगरमा शुक्रबार वृक्षारोेपण तथा चौतारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा भएको वृक्षारोपण र चौतारा उद्घाटन कार्यक्रमको समुद्घाटन गर्दै वन तथा वातावरण मन्त्री प्रदीप यादवले हरेक गाँउठाँउमा वृक्षारोपण गर्नु आजको आवश्यकता भएको बताए ।
उनले वृक्षारोपणले वातावरणको संरक्षणमा सघाउ पुरयाउनुका साथै गाँउठाँउको सौन्दर्यकरण पनि बढाउने भएकाले आ आफनो गाँउ टोलमा वृक्षारोपण गर्न आह्वान पनि गरे ।बढ्दोे वातावरणीय प्रददुषणलाइ क मगर्न र गाँउशहर हराभरा बनाउन वन तथा वातावरण मन्त्रालयबाट उपलब्ध हुन सक्ने हरेक सहयोग गर्न आफु तयार रहेको मन्त्री यादवले बताए ।
सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षयतामा भएको वृक्षारोपण कार्यक्रममा आप , गुल्मोर , निम गरि २ सय ५० थान बिरुवा रोपिएको छ ।
वृक्षरोपण कार्यक्रममा वीरगन्जका मेयर राजेशमान सिंह, उपमेयर ईम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवनका प्रमुख रामहरि पन्त , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कि , वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु , पहिला पाइला नेपालका शेखर अग्रवाल लगायतको पनि सहभागीता थियो ।
The post विरुवा रोप्दै वन मन्त्री यादवले भने : वृक्षारोपण गरौ वातावरण जोगाऔं appeared first on Madhes Khabar.