मधेसखबर
वीरगन्ज,१८असार:अविरल वर्षासँगै खसेको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।
फालेलुङ गाउँपालिका वडा नंबर ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलाल सहित तीन जना बेपत्ता भएका हुन् ।
पहिरोमा परि रुपलालकी पत्नी ३८ बर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर पनि बेपत्ता भएका छन् । रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगर भने पहिरोमा उछिटिएर बाँच्न सफल भएका छन् ।
शुक्रवार राती करीब १०ः१५ बजे पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ताको खोजी कार्य भईरहेको प्रहरिले जनाएको छ ।
The post पहिरोले घर बगाउँदा तीन जना वेपत्ता appeared first on Madhes Khabar.