मधेसखबर
वीरगन्ज,२७ असार :नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा वीरगन्जका पूर्व मेयर विजय सरावगी मनोनित भएका छन्।
एमालेले गठन गरेको ३०६ सदस्यीय केन्द्रीय सल्लाहकार परिषदमा सरावगीलाइ पनि मनोनित गरिएको हो ।
एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा पर्साबाट डाक्टर विश्वम्भर शर्मा,रसिद अन्सारी,कदम रसुल र ठाकुर न्यौपाने पनि मनोनित भएका छन्।
केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरा रहेका छन्। उनकै नेतृत्वमा सात सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ । सचिवालयमा गोमा देवकोटा, ज्ञानबहादुर भुजेल, डा. गोविन्द नेपाल, गोपाल शाक्य, टेकु नेपाली र गोविन्दप्रसाद कलौनी रहेका छन्।
The post पूर्व मेयर सरावगी एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा मनोनित appeared first on Madhes Khabar.