मधेसखबर
वीरगन्ज,१३ साउन : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले थप दुइ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लाो २४ घण्टामा थप ५ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार २ सय ८२ जनाको नमुना परीक्षण गर्दा ५ सय ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई सय ६९ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ४ हजार ३ सय ५६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै २४ घण्टामा २८ हजार दुई सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
The post नेपालमा कोरोनाले थप दुइ जनाको मृत्यु appeared first on Madhes Khabar.