मधेसखबर
वीरगन्ज,०२ साउन : पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक किशोरलाइ पक्राउ गरेको छ ।
पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठाबाट ससशस्त्र प्रहरीले पर्साकै पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ३ का मन्जित महारालाइ लागु औषध सहित पक्राउ गरेको हो ।
भारतबाट बा ५२ प ६१४६ नम्बरको मोटरसाइकलमा आइरहेका महरालाइ सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट ४५१ पिस लागु औषध बरामद गरेको हो । महराको साथबाट नाइट्रोभेट ३ सय पिस , डाइजेपाम ५१ पिस , नोरफिन ५१ पिस र फेनरागन ४९ पिस बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।
लागु औषध सहित पक्राउ परेका महरालाइ आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको पोखरेलले जानकारी दिए ।
The post पर्सामा ठूलो परिमाणमा लागु औषध सहित १७ वर्षिय किशोर पक्राउ appeared first on Madhes Khabar.