प्लास्टिकले जलवायु परिवर्तनमा भयावह असर पार्दै तर व्यवस्थापन गर्न सके त्यसबाट आम्दानी समेत हुने


माधुरी महतो
वीरगंज , असाढ २१ ,२०७९ – गाउँघर, सडक र जथाभावी फालिएका प्लास्टिकका विभिन्न सामानहरुको पुनः प्रयोग गर्ने गरी महिलाहरुको एक समूहले व्यवसाय नै संचालन गरेको छ । गाउँघर, सडक, बाटो, घरघरबाट प्लास्टिक र प्लास्टिकका विभिन्न सामान संकलन गरी चप्पल जुत्ताको सोल बनाउने र विक्री गर्ने व्यवसाय संचालन गरिएको छ । यसबाट वातावरण सफा राख्न उल्लेखनीय मद्दत पुगेको छ ।

पछिल्लो समय जताततै फालिएका प्लास्टिकले नै नदीसमेत थुनिएर वर्षाको बाढी गाउँभित्र छिर्ने, खेतवाली डुवाउने बगाउने समस्या हुँदै आएको तथा गाउँघर नै फोहोर देखिन थालेको थियो । घरको पानी ट्यांकीदेखि दाँत माझ्ने ब्रससम्म प्लास्टिक नै प्लास्टिक भएकोले यसको उचित व्यवस्थापन गर्ने उद्देश्यले महिलाहरुले प्रयास थालेका हुन् । प्लास्टिकजन्य फोहोरले नाला र ढल थुनिएर तराईका सहर बर्सेनि जलमग्न हुँदै आएका छन् ।

जसले गर्दा बाढीको समस्या गाउँमा मात्रै नभई सहरमा पनि झेल्नु परिरहेको तथा गाईवस्तुले प्लास्टिक खाएर मर्ने गरेको सर्लाही हरिवनकी उद्योगी निर्मला देवीको तीतो अनुभव छ । ‘जता हे¥यो उतै जथाभावी फालिएका प्लास्टिकको सामाग्रीले एक त गाउँ कुरुप देखिने त्योभन्दा बढी समस्या जब वर्षाको बेला आउँछ अनि प्लास्टिकले मुहान नै थुनेर खेत, घर, बाटो सबै डुबानमा पर्छन्,’ उनी भन्छिन् ।

अहिलेचाहिँ प्लास्टिक व्यवस्थापन गर्ने उद्देश्यले महिलाले के गर्न सक्छौँ भनेर सोच्दै जाँदा कतिपय स्थानमा जुत्ता चप्पल पनि बन्ने थाहा पाएको उनले बताइन् । महिला समूहले काम सुरु गर्नुअघि विभिन्न उद्योगहरुको अध्ययन गरेका थिए ।

उनी थप्छिन्, ‘गाउँ, सडक बाटोमा जताततै प्लास्टिकहरु फालिएको हुन्छ । तर पहिला मानिसहरुले हेरे पनि सफा नगर्ने वा झन् बढी फालेर समस्या उत्पन्न हुन्थ्यो । अहिले त घरघरमै प्लाष्टिक टिप्ने काम हुँदैछ । पहिला जलाउने काम पनि धेरै मात्रामा हुन्थ्यो तर हाल त्यसबाट पनि मुक्ति मिलेको छ । गाउँमा महिला, पुरुष, युवा प्राय फालिएका प्लास्टिक दिनभरी संकलन गर्छन् र त्यसबापत हामी केही रकम दिन्छौं ।’

खेत प्रदूषणको चपेटामा पर्दै

फालिएका प्लाष्टिकबाट जुत्ता चप्पलको सोल बनाउने काममा गाउँका महिला र पुरुष दुवै गरी १५ जना जति हाल संलग्न रहेका छन् । उनीहरूले प्रति दिन एक हजार सोल बनाउने गरेको बताउँछन् । यसबाट हाल प्रतिमहिना एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनीहरुको भनाइछ ।

बुहारी भएर आउँदा प्राय घरको काममा सीमित महिलाहरु हाल समुदाय र आफ्नो लागि पनि केही गर्न पाउँदा खुशी देखिन्छन् । समूहकी सुनिता साहले तराईका गाउँमा घरबाट बुहारी बाहिर खासै निस्किन नपाउने गरेको बेला गाउँमै झन् बाटोमै फालिएका प्लास्टिक संकलन गरी गाउँमै खुलेको उद्योगमा काम गर्न पाएकोमा खुशी प्रकट गर्छिन् । उनले धेरै समयपछि गाउँमा पानी नपस्दा घरधन्दादेखि पशु चौपायालाई संरक्षण गर्न पनि सजिलो भएको बताइन् ।

स्थानीयवासीको विगतको भन्दा फरक अनुभव

स्थानीयवासी उमेश महतो प्लास्टिक संकलनले पनि केही हदसम्म मदत गरेको बताउँछन् ।
महतो भन्छन्, ‘प्लास्टिक जथाभावी फाल्ने काम हुन्थ्यो । तर अब प्लाष्टिक संकलनका लागि घरघर अघि बट्टा राखिएको छ । हामी जम्मा गर्छोै र उहाँहरु लिएर जानुहुन्छ । हामीलाई केही आम्दानी पनि भएको छ ।’

समूहको सक्रियताले जहाँतही प्लाष्टिक फाल्ने बानीमा पनि राम्रो सुधार आएको उनको अनुभव छ । यसको ठूलो फाइदा भनेको पहिला घरभित्रै बाढी पस्थ्यो । हाल गत वर्ष पानी परे पनि बाढीको समस्या धेरै खेप्न परेन । खेतमा पानी पनि पसेन । क्षेती बेहोर्नु परेन । गाउँघरको वातावरण पनि स्वच्छ सफा भयो ।’

मधेश प्रदेश मा अधिकाशं क्षेत्रमा उधोगहरु स्थापना भएका छन् र जनसंख्या पनि पहिलेको तुलनामा बढेकै छ । तर समस्या समाधानभन्दा पनि समस्या ल्याउने यसमा धेरै छन् । प्लास्टिकले सबैभन्दा धेरै समस्या सर्लाहीमा निम्त्याएको छ ।

प्लाष्टिकबाट जुत्ताका सोल बनाउँदै ।

तर प्लास्टिकबाट उत्पन्न हुने प्रदूषण न्यूनीकरणमा कमी आउने र एउटा सिंगो गाउनै प्लास्टिक मुक्त भएको छ । फालिएको प्लास्टिकलाई पुन प्रयोग गरी नयाँ उत्पादन ल्याउने जमर्को केही हदसम्म प्रभावकारी भएको छ । ‘ग्रामीण भेगका स्थानीयहरु प्लास्टिक प्रयोगप्रति सचेत भएको र वातावरण तथा जलवायु परिवर्तनप्रति चिन्तित छन् भन्ने सन्देश हो यो,’ सामाजिक अगुवा कृष्ण लाल कर्ण भन्छन् ।

त्यस्तै सर्लाहीका अर्का स्थानीय अगुवा केशवराज थापाका अनुसार प्लास्टिक डढाएर बारीमा पठाए पनि त्यसले माटो बिगार्ने हानिकारक तत्व कायमै रहन्छ । यसबाट बिरुवा उम्रिन नपाउने लगायतका प्रभावलाई कम गर्न मदत गर्ने उनको भनाइ छ ।

स्थानीय तहले के भन्छ ?

तराई मधेशका महिलाहरु त्यसै पनि घरबाट सजिलै बाहिर निस्कन पाउँदैनन् । सर्लाहीको ग्रामीण भेगका महिलाको उद्यमले प्लास्टिकजन्य समस्या स्थानीय स्तरमा केही हदसम्म कम गर्न सकिएको सर्लाही हरिवन नगरपालिकाकी पुर्व उपप्रमुख रेणुका पौडेल बताउँछिन् ।

सर्लाहीमा खासगरी प्लास्टिकले एकदमै धेरै समस्या निम्त्याएको अवस्था छ । पहिला मानिसहरु खोला नालामा लगेर प्लास्टिक फाल्थे हाल उनीहरुसंग सम्झौता गरेर प्लास्टिक सोल बनाउने उधोगमा पठाउने गरिन्छ । ‘तर जति गरीएको छ त्यो अनुसारको उपलब्धि पाउन अझ संघर्ष गर्न जरुरी देखिन्छ,’ पुर्व उपप्रमुख पौडेलको भनाइ छ ।

विज्ञको प्रतिक्रिया

फोहोर संकलन गरी अझै पनि खोलानाला, जंगल वा खुला स्थानमा नै फ्याँक्ने गरेको वा जलाउने कार्य वातावरण तथा जलवायु परिवर्तनको बढ्दो चुनौतीको रुपमा रहेको छ । यसरी फ्याँकिएका वा जलाइएका प्लास्टिक वातावरण र जनजीवनलाई सयौँ वर्षसम्म हानि पु¥याउन काफी रहेको विज्ञहरु बताउँछन् ।

प्लास्टिकजन्य बस्तुका बारेमा जानकार डोको रिसाईक्लर्सका अर्पण आचार्यका अनुसार जलवायु परिवर्तनको हिसाबले हेर्दा नेपालमा जति प्लास्टिक प्रयोग हुन्छन् प्राय जमिनमा जलाइन्छ । यसपछि समस्या समाधान भयो भन्ने सोच हुन्छ । तर प्लाष्टिकबाट बनेका विभिन्न कणले ओजोन लेयर प्वाल पर्ने, पृथ्वीको तापक्रम बढ्ने, हानिकाक ग्यास उत्पन्न हुने, समुद्री तटीय क्षेत्रमा झन समस्या पार्ने आदि हुन्छ ।

नेपालमा प्लास्टिकको प्रयोग र प्रभाव (तथ्यांक सहित)

सरकारले गत आर्थिक वर्षदेखीको बजेटमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा आगामी साउन एक गतेदेखि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । विगतका बजेट भाषणमा पनि प्लास्टिक झोलाको बिक्री वितरणमा प्रतिबन्ध गर्ने नीति ल्याइएको थियो । तर प्लास्टिकको वैकल्पिक अध्ययनको अभावका कारण निष्प्रभावी भए ।

सन् २०२० मा विश्व बैंकद्वारा प्रकाशित तथ्यांकअनुसार नेपालले २ लाख ३४ हजार टन प्रतिवर्ष अर्थात् ६३७ टन प्रतिदिन प्लास्टिकजन्य सामाग्री उत्सर्जन गर्ने गरेको छ । अध्ययनको प्रतिवेदनअनुसार अनुमानित प्रतिव्यतिm प्रतिदिन ०.३० केजी फोहरवस्तु खेर फाल्छ जसमा ५६ प्रतिशत जैविक ,१६ प्रतिशत ग्लास, १३ प्रतिशत प्लास्टिक, ८ प्रतिशत कपडा,३ प्रतिशत धातु र १ प्रतिशत अन्य हुने गर्दछ ।

केन्द्रिय तथ्यांक ब्यूरोले दृशका २ सय ७१ पालिकाहरुमा सन् २०१९÷२० मा गरेको सर्वेक्षणअनुसार प्रमुख रुपमा तीन प्रकारले प्लास्टिकको फोहोर व्यवस्थापन गर्ने गरिएको छ । पहिलो, ल्याण्डफिल साईट (माटोले पुर्ने) मा करीब ४८.६ प्रतिशतले प्लास्टिक बिसर्जन गरिन्छ ३२.१ प्रतिशत जलाइन्छ । त्यस्तै नदी तथा खोला किनारमा लगेर फाल्ने कार्य २७.४ प्रतीशत रहेको तथ्यांकले देखाउँछन् ।

विश्व तथ्यांकमा सबैभन्दा बढी प्याकेजिङ सेक्टरले १४ करोड १० लाख टनभन्दा बढी प्लास्टिकजन्य फोहोर वार्षिक रुपमा उत्पादन हुन्छ । दोश्रोमा टेक्सटाईल सेक्टर (कपडा क्षेत्र) ले ४ करोड २० लाख टनभन्दा बढी फोहोर वार्षिक रुपमा उत्पदान गर्छ । यसरी एकपटक उत्पदान भएको प्लास्टिक कुहिन २ सयदेखि ५ सय वर्षसम्म लाग्ने बैज्ञानिकहरु बताउँछन् ।

बैजानिकहरुका अनुसार यही गतिले सन् २०५० सम्म समुन्द्रमा माछा भन्दा बढी प्लास्टिक जम्मा हुने गरिएको छ । सन् २०५० भित्र १२ अर्ब मेट्रिक टन प्लास्टिक उत्पादन हुने आकलन अमेरिकी अनुसन्धानकर्ताले गरेका छन् । त्यसैले प्लास्टिक महामारी एक विश्वव्यापी चुनौतीका रूपमा उदाइरहेको प्रष्ट देखिन्छ ।

जलवायु परिवर्तनसँग अन्तरसम्बन्ध

प्लास्टिक मुख्यतः पेट्रोलियम र ग्यासको मिश्रणबाट बन्छ । जुन तेल प्रयोग हुन्छ त्यो हरितगृह ग्यास उत्पादनको मुख्य स्रोत मानिन्छ । विभिन्न देश जो संग अथाहा पैसा छ ,उनीहरुले अन्य देशहरुमा प्लास्टिक आयात गरी आर्थिक उपार्जन मात्रै गरेको देखिन्छ । अहिले पनि पर्सा ,बारा, सर्लाही, काठमाडौ लगायतका धेरैजसो स्थानमा तीन मिटर सम्म पनि खन्दा प्लास्टिक भेटिन्छन् ।

शुद्ध शून्य कार्बनसम्म पुग्नलाई पेट्रोलियम चलाउनै मिल्दैन भनेर विश्वभर अभियान नै चलिरहेका छन् । ठूला देशहरुले आगामी सन् २०३० सम्म्ममा विद्युतीय गाडी चलाउने भनेका छन् तर प्लास्टिकबाट भइरहेका जलवायुमा नकारात्मक असरबारे खासै आवाज उठाएको नपाइएको जानकारहरु बताउँन् ।

समुदायका मानिसले सडक, बाटोबाट टिपेर प्लास्टिक न्यूनीकरणमा केही हदसम्म मद्दत पु¥याइरहेका छन्, आफ्नो जीविकाका लागि । तर समुदाय,सडक, बाटोमा कसले फालिरहेका छन् ? कहाँबाट आइरहेको छ ? यसबारे बृहत् छलफल गर्न जरुरी रहेको विज्ञहरुको भनाइ छ ।

उदाहरणका लागि हाल खानेपानीको बोटलको लेबलमा २० रुपैया मूल्य टासिएको हुन्छ तर खानेपानीको मूल्य कति र प्लास्टिकको बोटलको मूल्य कति भनर मूल्यांकन गरी लेखिएको पाइँदैन । लेबलमा ‘शहर सफा राखौँ, सम्बन्धित स्थानमा फालौँ’ भनेर लेखिएको हुन्छ तर प्लास्टिक उत्पदान गर्ने उद्योगको दायित्व त्यति मात्रै हो त भन्ने प्रश्न बारम्बार उब्जिएको छ ।

कस्ता खालका प्लास्टिक बढी हानिकारक

प्लास्टिक भनेपछि धेरै किसिमका प्लास्टिक हुन्छन् । वैज्ञानिक ढंगले प्राय सबैजसो प्लास्टिक जलवायु परिवर्तनका लागि हानिकरक नै रहेको विज्ञ आचार्य बताउँछन् । एचडीपिई, पीईटी ,पीभीडीसी , एलडीपीई, पीपी, पीएस लगायतका विभिन्न किसिमका प्लास्टिकका सामाग्री हाल प्रयोगमा छन् । प्लास्टिकको प्राकृतिक अपघटनको समयमा पनि, डाइअक्सिनबाहेक हानिकारक हरितगृह ग्यासहरु प्रकृतिद्वारा उत्सर्जित छन् । प्लास्टिक आफ्नो प्राकृतिक पग्लनको समयमा पनि विषाक्त बनाइरहेको हुन्छ भन्ने विज्ञ अर्पण आचार्य बताउँछन् ।

प्लास्टिक आयात–निर्यात तथा बन्देजमा आ–आफ्नै स्वार्थ

विश्व सन्दर्भमा हेर्ने हो भने २५ प्रतिशत प्लास्टिकका सामाग्री जस्तै फेस क्रिम पाउडरको प्याकदेखि जंक फुडको प्याकेटलगायत धेरैजसो सामाग्रीको उत्पादन अमेरीकालगायतका देशमा हुने गर्छ । हाल नेपाल लगायत विश्वमै हामीले खाइरहेका नूनदेखि घरमा रहेका हरेक कुरामा सुक्ष्म (माईक्रो) प्लास्टिक प्रयोग भइरहेको एक अध्ययनले देखाउँछ ।

राष्ट्रियदेखि अन्तराष्ट्रियस्तरमै प्लास्टिक न्यूनीकरणको मुद्दालाई जानाजान लुकाइएको पाईएको जानकारहरु बताउँछन् । यो हर्कत् नेपालमा पनि गरिएको सोझै देखिन्छ । सरकारले हाल साउन १ गतेदेखि प्लास्टिक प्रयोगलाई बन्द गर्ने उद्देश्यले ४० माईक्रोनभन्दा कमको प्लास्टिक प्रयोगमा बन्देज लगाएको भनेको छ । तर यसको विकल्पमा के त ? प्लास्टिक उत्पदान गर्ने एक उद्योगी शरद शर्माले भन्छन्, ‘सर्लाहीमा महिलाहरुले जुन कार्य सुरु गरेका छन् त्यो त एकदमै राम्रो हो । प्लास्टिकलाई विभिन्न प्रकारले पुर्नउत्पादन, पुनर्प्रयोगमा ल्याइयोस् भन्ने उद्देश्य हाम्रो पनि हो । प्लास्टिकले वातावरण तथा जलवायु परिवर्तनमा असर पारेकोबारे हामी पनि सचेत छौँ । तर प्लास्टिकले मात्रै जलवायु परिवर्तनमा नाकारात्मक असर पारेको छ भन्ने पनि छैन ।’

उनले जन्मेदेखि अन्तिमसम्म पनि प्लास्टिकको आवश्यकता मानिसको जीवनसँग जोडिसकिएको विषय भएको तथा यसरी आजबाटै सरकारले प्लास्टिक बन्द गर्ने घोषणा गरे पनि सम्भव नभएको बताए । यसमा हजारौ कर्मचारी, मजदुरको रोजगारी, उद्योगमा गरिएको करोडौको लगानी, कर्जा कसले तिरिदिने भनेर प्रश्न रहेको पनि उनले उल्लेख गरे ।

चीनलगायता अन्य देशबाट आयात हुने सामाग्रीमा प्रायः प्लास्टिक प्रयोग गरेको पाइए पनि व्यवस्थित गर्न नसकेको र यसको विकल्प सरकारले दिनुपर्ने उनको ठम्याई छ ।

यता नेपाल सरकार वन तथा बातावरण मन्त्रालयकी जलवायु परिवर्तन व्यवस्थापन महाशाखा की राधा वाग्लेले तत्कालै मानिसहरुले प्लाष्टिक प्रयोगलाई रोक्न सम्भव नदेखिएको बताउँछिन् ।

सोलको कच्चा पदार्थ तयार गर्दै महिला

उनी भन्छिन्, ‘मानिसहरुलाई नभई नहुने प्लास्टिक प्रयोग खाना खानुजस्तै अनिवार्य भइसकेको अवस्थामा यसलाई हटाउनुभन्दा पनि त्यसको विकल्पमा केही ल्याउनु पर्ने हुन्छ । किनकि मानिसहरुलाई जब सहज र सुलभमा प्लास्टिकको तुलनामा अरु केही ल्याएर पस्किन सकियो भने मात्रै प्लास्टिक उत्पदान र प्रयोगलाई बन्द गर्न सक्नेतर्फ सोच्न सकिन्छ तर हालै सरकारसंग कुनै विकल्प छैन ।’

त्यस्तै जसरी जलवायु परिवर्तन लामो समयपछिको अन्तरालमा देखापरेका छन् त्यसरी नै मानव जीवनबाट प्लास्टिक प्रयोग हटाउन पनि उस्तै समय लाग्ने विज्ञहरु बताउँछन् । तर जलवायु परिवर्तनमा अधिक नकारात्मक असर पारिरहेको प्लास्टिकलाई चाहिं विस्तारै बन्देजतर्फ नै लैजाने प्रयास सरकारको रहेको छ ।

अनुकुलताका बारेमा सोचिदिने दायित्व सीमान्तकृत, विपन्न समुदायको मात्रै नभई सबैभन्दा बढी दायित्व उद्योगीको देखिन्छ । तर त्यो स्तरसम्मको कार्यान्वयन न सरकारले गर्न सकेको छ, न त उद्योगले आफ्नै दायित्व बुझ्न सकेका छन् । यसले पृथ्वीको जुनसुकै कुनामा होस् ,त्यसको असर त सबै मानवजातिले नै भोग्नुपरिरहेको र भविष्यमा अझ बढी भोग्नुपर्ने निश्चित छ ।

यसरी हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनविरुद्ध गरिएको फितलो प्रयासभन्दा हाल आउने गरेको विवरण अति भिन्न तथा भयानक छन् । आउँदो दशकहरुमा शुद्ध शून्य उत्सर्जन हासिल गर्ने प्रतिज्ञा गर्ने देशहरुको संख्या मात्रै बढ्ने तर प्रतिज्ञा पूरा नगरे आगामी सन् २०५० सम्ममा संसारले ठूलो क्षति बेहोर्ने निश्चित छ ।

The post प्लास्टिकले जलवायु परिवर्तनमा भयावह असर पार्दै तर व्यवस्थापन गर्न सके त्यसबाट आम्दानी समेत हुने appeared first on Madhes Khabar.



neelambads
Name

news,668,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: प्लास्टिकले जलवायु परिवर्तनमा भयावह असर पार्दै तर व्यवस्थापन गर्न सके त्यसबाट आम्दानी समेत हुने
प्लास्टिकले जलवायु परिवर्तनमा भयावह असर पार्दै तर व्यवस्थापन गर्न सके त्यसबाट आम्दानी समेत हुने
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/plastic_collection_1_JVsfWWTkxw.jpg?resize=458%2C273&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/07/blog-post_5.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/07/blog-post_5.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy