मधेशखबर
२२ असाढ ,२०७९ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बुधबार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया सहितको टोलीले आगामी मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको हो ।
निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था रहेको छ ।
The post आगामी मंसिरको पहिलो हफ्तामा निर्वाचन गर्न आयोगद्वारा सरकारलाई सिफारीस appeared first on Madhes Khabar.