मधेसखबर
वीरगन्ज,३२असार: वीरगन्जको विर्ता स्थित श्री राम हस्पिटलले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
हस्पिटल परिसरमै आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् ।हस्पिटलकी सञ्चालिका डा.प्रिती यादव आफैले रगत दान गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संचारकर्मी नवराज फुयाँल, डा.सुनिल यादब, पुजा पटेल लगायत ५२ जनाले रक्तदान गरेको अस्पतालकी सञ्चालिका डा.दिप्ती यादवले जानकारी दिइन् ।
बढ्दो गर्मीका कारण अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएको र रक्तसंचार केन्द्रमा रगतको अभाव भएकाले अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा रंक्तसंचार केन्द्रले प्राबिधिक सहयोग गरेको केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
The post श्रीराम हस्पिटलमा रक्तदान कार्यक्रम, ५२ पोका रक्त संकलन appeared first on Madhes Khabar.