माधुरी महतो
वीरगन्ज ,१७ असार : पर्सा प्रहरीले बैंकिङ कसुर मुद्धामा दुइ वर्ष देखि फरार रहेका एक अभियुक्तलाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया घर भइ हाल चितवनको भरतपुर ममहानगरपालिका ४ मा बस्दै आएका गढीमाई सप्लायर्सका संचालक ४९ वर्षिय दशरथ ठाकुर हजाम रहेका छन् ।
प्रहरीका अनुसार , कपिलवस्तु वाणगंगा नगरपालिका ४ का तिलकराम गुप्ताले संचालन गरेको मारुती नन्दन एग्रो इण्डट्रिज प्रालिबाट २०७६ साल असार ७ गते हजामले ४५ लाख रुपैयाको सामान उधारोमा खरिद गरि फरार भएका थिए ।
हजाम विरुद्ध गुप्ताले मुद्धा दिएपछि उच्च अदालत पाटन अस्थायी इजलाश हेटौडाले गुप्ता विरुद्ध १२ लाख २६ हजार रुपैया जरिवाना र ७ दिनको कैद सजायको फैसला गरेको थियो । अदालतको फैसला पछि फरार रहेका हजामलाइ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले गत बुधबार वीरगन्ज १ छप्कैयाबाट पक्राउ गरेको हो ।
The post बैंकिङ कसुर मुद्धामा दुइ वर्ष देखि फरार रहेका हजाम वीरगन्जबाट पक्राउ appeared first on Madhes Khabar.