मधेसखबर
वीरगन्ज,१३ असार : भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार भएको । यो घटना दाङ स्थित नेपाल–भारत सीमावर्ती भारतीय बजार मनीपुरको हो ।
प्रहरीका अनुसार , आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका दाङको राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएका हुन् ।युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवकहरुको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार , आइतबार बिहान किनमेल गर्न ६ जना नेपाली युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए ।
डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
The post भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार appeared first on Madhes Khabar.