मधेसखबर
वीरगन्ज,१८जेठः विश्व वातावरण दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले वीरगन्जमा बुधबार देखि ५ दिवसीय वृक्षारोपण अभियान शुरु गरेको छ ।
विश्व वातावरण दिवसलाई लक्षित गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तथा युवा प्रभाग वीरगन्जले पञ्च दिवसीय जनचतेनामूलक विचारगोष्ठी एवं वृक्षारोपण अभियानको शुभारम्भ बुधबार देखि गरेको हो ।
पहिलो दिन बुधबार वीरगन्जको छपकैया स्थित विश्वदर्शन भवन परिसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्जकी क्षेत्रिय प्रमुख राजयोगिनी रविना दिदीको नेतृत्वमा बुधबार देखि शुरु भएको बृक्षारोपण अभियान ५ दिन सम्म बाराको पिलुवा स्थित शान्ति बाटिका प्रशिक्षण केन्द्रका साथै रौतहटका विभिन्न स्थानमा सन्चालन गरिने ब्रम्हाकुमार गोबर्धन भाइले जानकारी गराए ।
The post ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्धारा पाच दिने वृक्षारोपण अभियान शुरु appeared first on Madhes Khabar.