मधेसखबर
वीरगन्ज,२२जेठः जनकपुरबाट भैरहवा जादै गरेको यात्रुवाहक बस रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ३८४१ नम्बरको बस , परासी–भैरहवा सडकखण्ड अन्तर्गत रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।
आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएकोमा उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।
The post जनकपुरबाट भैरहवा जादै गरेको बस दुर्घटना ,९ जनाको मृत्यु appeared first on Madhes Khabar.