महोत्तरीकी ‘कुमारी आमा’ निहारिका न्याय माग्दै काठमाण्डौको सडकमा आमरण अनशनमा

मधेसखबर
वीरगन्ज,३०जेठः महोत्तरीको जलेश्वर ८ की निहारिका राजपूतको आमरण अनशनमा अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन् ।
कुमारी आमा भनेर चिनिएकी निहारिका न्याय माग्दै काठमाण्डौको सडकमा चार दिन देखि आमरण अनशन बसेकी छन् ।
आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उनी अनिश्चितकालीन आमरण अनशनमा बसेकी हुन् ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासहितका अधिकारकर्मीहरुले आइतबार अनशनस्थल वसन्तपुर पुगेर निहारिकाको मागमा ऐक्यबद्धता जनाएका छन् ।

उनीहरुले घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यस्तै अनशनरत निहारिका र उनको २१ महिने बच्चाको स्वास्थ्य, सुरक्षा र जीवन रक्षाको लागि जतिसक्दो चाँडो पहल गर्न अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् ।
पीडित निहारिकाले आफ्नो न्यायका लागि साथ दिन सबैसँग आग्रह गरेकी छन् । गत शुक्रवार बिहानदेखि माइतीघर मण्डलामा आमरण अनशनरत निहारिकालाई त्यही राति १० बजे प्रहरीले नियन्त्रणमा लिएर हनुमानढोका हिरासतमा राखेको थियो ।गत शनिवार बिहान ८ बजे प्रहरीले छोडेपछि निहारिकाले वसन्तपुर दरबार स्क्वायरमा अनशन थालेकी हुन् ।
आफू १७ वर्षकी नाबालिग हुँदा जनकपुरका शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको उनको भनाइ छ । उनीँसँग अहिले २१ महिनाको छोरा छन् । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएर लगेको उनको आरोप छ । धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते पीडक श्रेष्ठलाई सफाइ दिएको थियो ।
जिल्ला अदालतको फैसला उपर उनले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेकी थिइन् । गत फागुनमा दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी नतोकिएको उनको गुनासो छ । उनले बच्चाको डीएनए परीक्षण गर्न, उच्च अदालतबाट छिटोभन्दा छिटो पेशी तोकेर फैसला गर्न, दोषीलाई पक्राउ गरेर अनुसन्धान गर्न तथा आफ्नो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्य उपचार, शिक्षा लगायत आधारभूत कुरा राज्यबाट सुनिश्चित गरिदिन माग गरेकी छन् ।

The post महोत्तरीकी ‘कुमारी आमा’ निहारिका न्याय माग्दै काठमाण्डौको सडकमा आमरण अनशनमा appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: महोत्तरीकी ‘कुमारी आमा’ निहारिका न्याय माग्दै काठमाण्डौको सडकमा आमरण अनशनमा
महोत्तरीकी ‘कुमारी आमा’ निहारिका न्याय माग्दै काठमाण्डौको सडकमा आमरण अनशनमा
https://i2.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/287240027_1443203689434306_4370879698006352763_n.webp?resize=733%2C413&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_52.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_52.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy