मधेसखबर
वीरगन्ज,१२ असार : ललितपुर महानगरपालिकाले पानीपुरी (पुच्का) बेच्न रोक लगाएको छ ।पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।
सोमबार देखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अनुसार अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।
धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्दा प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको हाछेथुले बताए ।
The post महानगरमा पुच्का बेच्न रोक appeared first on Madhes Khabar.