मधेसखबर
वीरगन्ज,३०जेठः प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताएका छन् ।
सोमबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिएका हुन् ।जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायतका माग सहित लोसपाका नेताहरुले यसअघि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।
तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै सोमबार बिहान फेरि प्रधानमन्त्री देउवालाई भेट्ेर ज्ञापनपत्र बुझाइएको पर्साका सांसद समेत रहेका लोसपा नेता लक्ष्मणलाल कर्णले बताए ।ज्ञापनपत्र बुझदै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिएका नेता कर्णले जानकारी दिए ।
यस्तै, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेकाहरुलाई थुनामुक्त र मुद्दा फिर्ताको विषयमा पनि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् ।
यसअघि आइतबार जसपाका सांसद प्रदीप यादव सहितको टोलीले पनि प्रधानमन्त्री देउवलाइ भेटेर नागरिकता सम्बन्धि समस्याका बारेमा ध्यानाकर्षण गराउदा देउवाले एक हप्ता भित्रै नागरिकताको समस्या सामधान गरिने आश्वासन दिएका थिए ।
The post बजेट पास हुने बित्तिक्कै संसदमा नागरिकता विधेयक पेस हुन्छ : प्रधानमन्त्री देउवा appeared first on Madhes Khabar.