संघीय सरकारको बजेटमा वीरगन्ज महानगर फेरि उपेक्षामा

मधेसखबर
वीरगन्ज,२०जेठ
:आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले ल्याएको बजेटमा वीरगन्ज महानगरपालिका फेरि उपेक्षामा परेको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिका एवम् आर्थिक नगरी वीरगन्जलाई सरकारले दिने अनुदान घटाएको छ । वीरगन्जले आगामी आर्थिक वर्षको लागि संघीय सरकारबाट १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ मात्रै अनुदान पाउने भएको छ । चालु आर्थिक वर्षको लागि भने संघीय सरकारले वीरगन्ज महानगरपालिकालाइ १ अर्ब ४५ करोड ४० लाख रुपैया अनुदान बजेट दिएको थियो ।तर आगामी आर्थिक वर्षको लागि सार्वजनिक बजेटमा भने वीरगन्ज महानगरले को चालु आर्थिक वर्षको भन्दा ५४ लाख रुपैयाँ कम अनुदान पाउने भएको हो ।पाँच दलीय गठबन्धनमध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा) विजयी भएको एक मात्र वीरगन्ज महानगरपालिकालाई अर्थ मन्त्रालयले उपेक्षा गरेको छ । यस्तै नयाँ बजेटमा वीरगन्जको लागि कुनै विशेष बजेट र प्याकेज पनि उल्लेख गरिएको छैन ।
संघीय सरकारले ६ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र समपुरक गरि १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँ अनुदान दिएकोमा भरतपुर महानगरपालिकालाई प्राथमिकता दिएको छ ।
सत्ता गठबन्धनका पाँच दल मध्ये नेकपा (माओवादी केन्द्र) विजयी भएको एक मात्र महानगरपालिका भरतपुर महानगरलाई संघीय सरकारले प्राथमिकता दिएको छ् । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान पाउने भएको छ । चालु आर्थिक वर्षमा भने भरतपुर महानगरले १ अर्ब ६४ करोड २८ लाख रुपैया अनुदान पाएको थियो । नयाँ बजेटमा भरतपुर महानगरपालिकालाई १५ करोड ९६ लाख रुपैयाँ अनुदान बढाइएको हो । महानगरहरुलाई थपिएको अनुदानमध्ये भरतपुर महानगरलाई मात्रै ७२ प्रतिशत अनुदान दिइएको छ ।
पोखरा महानगरले आगामी आर्थिक वर्षको लागि २ अर्ब ५८ करोड ४६ लाख , काठमाडौँ महानगरले २ अर्ब ३ करोड ९९ लाख ,ललितपुर महानगरले १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ , विराटनगर महानगरले १ अर्ब २१ करोड ८५ लाख रुपैया अनुदान पाउने भएको छ ।

The post संघीय सरकारको बजेटमा वीरगन्ज महानगर फेरि उपेक्षामा appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: संघीय सरकारको बजेटमा वीरगन्ज महानगर फेरि उपेक्षामा
संघीय सरकारको बजेटमा वीरगन्ज महानगर फेरि उपेक्षामा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/2.Birgunj-.jpg?resize=1024%2C685&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_32.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_32.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy