माधुरी महत्तो
वीरगन्ज,०४ असार : वीरगन्ज रामगढवाको सिर्सिया पुलमा भेटिएका ६५ वर्षिय बृद्ध सुरेन्द्र यादव भन्छन्,‘ घर परिवार र बालबच्चालाई खुशी दिने सपना बोकेर वीरगन्जमा मजदुरीको काम पाइन्छ कि भनेर विहानै ७ बजेदेखी घरबाट निस्किन्छु ,तर म जस्ता धेरै जसो साथीहरु काम नै नपाएर साँझ चार बजे निराश भएर घर फर्किनु पर्दा सारै नरमाईलो लाग्छ ।
उनि थप्छन्,‘ आफनो पसिना बेच्छु भन्दा पनि किने दिने कोहि हुदैन , पसिना बेच्न खाड देश नै जाननु पर्छ तर त्यहा हामी जस्ता बुढाखाडा जानै मिल्दैन ।सुरेन्द्र दिनभरी मजदुरी गर्ने र बेलुकी थोरै भएपनि खुशी लिएर फर्किने आशमा दिनहु गाँउबाट वीरगन्ज पस्ने गरेको भएपनि श्रम किनिदिने कोही नहुँदा खालि हात प्राय घर फर्कन बाध्य हुने गरेको भन्दै आफ्ना पिडा पोख्छन् ।
सुरेन्द्रजस्तै बिहान झिस्मिसे नहुदै घरबाट २ घण्टा हिडेर कामको खोजीमा वीरगन्ज शहर आइपुगेका थिए सिकेन्द्र कुमार ।
घण्टाघर चोकमा ४ घण्टा कुरेर बसे काम गराउन कोहि साहु लिन आउछ कि भनेर । तर दिन ढल्किन थाल्दा समेत काम नपाएपछि निराश भएर फर्किन लागेका सिकेन्द्रसंग कुरा गर्दा उनी भन्छन् ,’ हरेक दिन कामको खोजीमा घरबाट विहानै निस्किन्छौँ । तर यहा आएपछि काम नै पाईदैन , पाँच दिनमा मुश्किलले एक दिन मजदुरीको काम पाईन्छ ,अब अरुले काम नदिएसम्म कसैको घरमा पसेर जबरजस्ती काम गर्ने कुरा पनि भएन । त्यसैले काम नपाएकाो दिन मन अमिलो पारेर साँझ घर फर्किन्छु ।
विहान ५ बजेदेखी घरबाट निस्केर कामको खोजीमा भौतारीदै काम पाउने आशमा भारतको भेलाहीबाट मजदुरी गर्न बाबुलाल प्रसाद वीरगंज दैनिक रुपमा आईपुग्छन् । उनी भन्छन् , केही मान्छेलाई काम पाईन्छ भने गर्छन् ,धेरैलाई पाईदैन भने बेलुका सम्म कुरेर अनि काम नपाएपछि खाली हात फर्किन्छौ ।
यादव ,सिकेन्द्र , बाबुलालको पिडा भन्दा केही फरक पीडा छैन पवन रामको पनि । पवन राम पनि आफनो दुखेसो पोख्दै भन्छन् ,‘ ’सबै मानिस जस्तै हामी पनि मानिस हौँ , हाम्रो पनि परिवार छ , खर्च व्यवहार चलाउनुपर्ने हुन्छ तर मेहेनत मजदुरी गछौँ काम दिनुस् भन्दा पनि काम नपाईने अवस्था छ , ,चाडवाडका बेला काम नपाउदा त झन खल्लो हुने गरेको छ ।
सिकेन्द्र , बाबुलाल , पवन जस्ता हजारौ मानिस दिनको छाक टार्न र चाडवाडमा मिठो मससिनो खान र आफना बालबच्चालाई नयाँ लुगाकपडा लगेर सानो भएपनि खुशी दिने सपना बोकेर हरेक दिन काम खोज्दै शहर बजार पस्ने गर्छन् ।
नेपाल र भारतको सिमा नाका नजिकै रहेको वीरगन्जमा एका विहानै बजार क्षेत्रमा हजार भन्दा बढी मानिसहरु साईकल हातमा समाउँदै कामको खोजिमा हरेक दिन जसो भौतारीएको अवस्था देखीन्छ । सिमा नजिकै रहेको भारतका विभिन्न सहर र पर्सा , बाराका ग्रामीण भेगबाट हजारौँको संख्यामा मजदुरी गरेर परिवार पाल्ने मानिसहरुले एका बिहानै घण्टाघर र माइस्थान चोकको सडक पेटीमा बसेर मजदुरी गर्छु काम दिनुस् भनेर साहुहरुलाई आग्रह र अनुनय विनय गरीरहेको दृश्य सधैको जस्तो हो ।
विशेष गरि घर निर्माणको काममा मजदुरको काम गर्ने उनिहरु काम गराउने साहु कुरेर सडक पेटिमा बस्छन् । कोहि साहु त्यहा मजदुर खोज्दै पुग्ने बित्तिक्कै माहुरीको गोला जस्तैै ती मजदुहरु साहुलाइ घेरा हाल्न पुग्छन् ।
उनिहरु हानथाप गर्दै भन्छन् ,‘ साहु जी हम चलेम , साहु जी हमराके नु ले चली , साहु जी हम बढियासे काम करेम ( साहजु जी म हिड्छु , साहु जी मलाइ लिएर हिड्नुस् न , साहु जी मैले राम्रोसंग काम गर्छु ।
अनि काम गराउन मजदुर खोज्न आएको साहुले ती मध्ये शारिरिक रुपमा रिष्टपिुष्ट भएका केहिलाइ छान्छन् , अनि आाफुसंगै लिएर जान्छन् । बाँकी मजदुरहरु मन अमिलो पार्छन् । अर्को साहु आउछ कि भन्ने आशाको त्यान्द्रो बोकेर फेरि सडकको पेटीमा गएर बस्छन् ।यो क्रम बिहान देखि दिउसो १२÷२ बजे सम्म चलि रहन्छ । त्यसपछि पनि काम नपाएकाहरु भने साइकल उठाएर निराश हुदै रित्तो हात घर तिर लाग्छन् ।
आफ्नो श्रम पसिना बेचेर मेहनत मजदुरी गरेर पैसा कमाउन चाहेपनि दिनभरी जसो उनीहरु मध्ये अधिकाशं अपरान्ह तिर खाली हात फर्कनुपर्ने हुन्छ। तर सरकारले त्यस्ता मजदुरी गर्ने मानिसहरुका लागि केही पहल नगरीदिएको र मेहनत गरेर खाने बाटो समेत नदेखाईदिदा बैदेशीक रोजगारीमा जान बाध्य हुने गरेको दुखेसो उनीहरु पोख्छन् ।चाडपर्वको बेला सबैले मिठो मससिनो खान र आफना परिवार बालबच्चालाई धेरै नभएपनि एक जोर नयाँ लुगा किनिदिने चाहना राखेका हुन्छन् । तर मजदुरी गर्ने बाध्यता वा ईच्छा भएपनि श्रम किनिदिने कोही बजारमा नभेटीने गरेको दुखखेसो उनीहरु सुनाउछन् ।नेपाल वा भारत दुवै तर्फका सरकारले स्वरोजगार सिर्जना , रोजगारीको अवसर तथा व्यवसायका लागि आर्थिक सहयोग तथा अनुदानको विभिन्न प्याकेज तथा कार्यक्रमको घोषणा गरेपनि दुवै तर्फका यस्ता मजदुरहरुले अनुभव गर्न नपाएको गुनासो गरेका छन् ।
यति मात्र नभई मधेस प्रदेश ,अरु प्रदेश भन्दा शिक्षाको सुचकांकमा पछाडी परेको प्रदेश रहेको तथा मधेस प्रदेशका अधिकाशं जिल्लाहरुमा मजदुरी गर्ने वा विदेशीएका मानिसहरु बढी छन् । त्यसमा पनि घरका पुरुष तथा युवा जमात बढी छन् । तर मेहनत मजदुरीले भएपनि कमाउन चाहेका त्यस्ता मजदुरहरुको मेहेनत मजदुरी पनि किनिदिने हाल बजार मानिस नभेटीने गरेको उनीहरुको दुखेसो छ ।नेपाल वा भारत दुवै तर्फका सरकारले स्वरोजगार सिर्जना , रोजगारीको अवसर तथा व्यवसायका लागि आर्थिक सहयोग तथा अनुदानको विभिन्न प्याकेज तथा कार्यक्रमको घोषणा गरेपनि दुवै तर्फका यस्ता मजदुरहरुले त्यसको अनुभुती गर्न नपाएको गुनासो विद्यमान छ ।
चाडपर्वको बेला होस् वा सामान्य दिन ,सबैले मिठो मसिनो खान र आफना परिवार बालबच्चालाई धेरै नभएपनि एक जोड नयाँ लुगा किनिदिने चाहना राखेका हुन्छन् । त्यसका लागि मजदुरी गर्ने बाध्यता वा ईच्छा भएपनि श्रम किनिदिने कोही बजारमा हाल नभेटीने गरेको उनीहरु भन्छन् ।
जबकि नेपालको संविधानमै हरेक नागरिकलाइ उसकोे सिप र क्षमता अनुसारको रोजगारीको ग्यारेन्टी राज्यले गर्नु पर्ने उल्लेख छ । त्यसैले राज्यले अरु केहि गर्न नसके पनि आफनै देशमा श्रम बेच्न सक्ने वातवरणको सुनिश्चितता गरिदिनु पर्ने उनिहरुको माग छ ।
तर मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता ईमनारायण श्रेष्ठ भने विभिन्न स्वरोजगार सिर्जनाका लागि बजेट छुट्याएर काम भएको जिकिर गर्छन् । बाहिर कमाउन जाने मजदुरहरुको लागि उचित तालिमको व्यवस्था गरेको तथा शिक्षा , योग्यता अनुसारको दक्षता प्रदान गरी सिपमुलक तालिमको व्यवस्था समेत प्रदेशभरीका जिल्लामा गरीएको दाबी उनको छ ।
नागरिक समाज पर्साका पुर्व अध्यक्ष एंव अधिवक्ता पन्नालाल गुप्ता दैनिक ज्यालादारीको काम खोज्दै गाँउबाट वीरगन्ज शहरमा दिनहु करिब २ हजार भन्दा बढि नै मजदुरहरु आउने गरेको बताउछन् । बिहान ८ नबज्दै माइस्थान देखि घण्टाघर सम्मको सडक पेटी मजदुहरुको भिडले भरिने गरेको उनि बताउछन् ।गुप्ता भन्छन,‘ तर कतिपयले काम नपाएर निरास हुदै घर फर्किनु पर्छ , त्यस बेला उनिहरुको अनुहार हेर्दा हाम्रो मन पनि अमिलो हुन्छ ।
त्यस्ता मजदुरका लागि स्थानीय सरकारले पनि गाँउघरमै रोजगारी दिन सक्ने वातावरण सृजना नगरिदिएका कारण उनिहरु शहर धाउने गरेको गुप्ता बताउछन् । गुप्ता भन्छन्,‘ नेपालको संविधानमै हरेक नागरिकलाइ उसकोे सिप र क्षमता अनुसारको रोजगारीको ग्यारेन्टी राज्यले गर्नु पर्ने उल्लेख छ , तैपनि तीन वटै तहको सरकार यस प्र्रति गम्भिर नहुदा मान्छेले चाहेर पनि आफनो पसीना बेच्न पाएका छैनन् , यो ठूलो बिडम्बना नै हो ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दैनिक ज्यालादारीमा काम खोज्न वीरगन्ज आउने मजदुरहरुको व्यवस्थापनका लागि महानगरपालिकाले छुटटै योजना बनाएर कार्यान्वयनमा ल्याउने बताए ।महानगरमा बेरोजगारी अन्त्य आफनो पहिलो प्राथमिकता रहेको उनले बताए ।उनी भन्छन्,‘ यो शहरमा बेरोजगार कोहि पनि बस्न नपरोस् भन्ने मेरो चाहना हो , त्यसका लागि म काम गर्छु , अषार १० गते नगरपरिषद पछि उनिहरुको बारेमा सरोकारवाला निकायसंग छलफल गरेर योजना बनाउछौ ।
काम खोज्दै आएका मजदुरहरु काम नपाएर फर्किएको देख्दा आफुलाइ पनि ठिक नलागेको भन्दै सिंह भन्छन् ,‘ बिचराहरु श्रम बेच्न यहा आउछन् , तर जुन दिन काम पाउदैनन् निरास भएर घर फर्किन्छन् , उनिहरुलाइ लक्षित गरि महानगरले छिटटै योजना बनाउछ ।यसका लागि महानगरमा दैनिक ज्यलादारीको काम खोज्दै आउने त्यस्ता मजदुरहरुको संख्या संकलन गरिने र त्यसपछि उनिहरुका बारेमा काम गरिने बताए ।
The post वीरगन्जको बजारमा बिक्न छोड्यो मजदुरको पसिना appeared first on Madhes Khabar.