मधेसखबर
वीरगन्ज,०९असार : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाइ भारतको सत्तारुढ दल भारतीय जनता पार्टील(भाजपा) का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवालले बधाइ दिएका छन् ।
बिहारको बेतिया क्षेत्रका सांसद समेत रहेका जयसवालले महानगरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहलाइ सम्मानित गर्दै बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना पनि दिए ।
मेयर सिंहले पनि भाजपाका सांसद जयसवाललाइ रुद्राक्षको माला लगाएर स्वागत गर्दै धन्यवाद दिए ।त्यस अवसरमा वरिष्ठ पत्रकार चन्द्रकिशोर , वीरगन्जका उद्योगपति अशोक बैद्य लगायतको पनि उपस्थिती रहेको थियो ।
The post वीरगन्जका मेयर सिंहलाइ भाजपा सांसद जयसवालको बधाइ appeared first on Madhes Khabar.