मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक

छोराछोरीको नागरिकता देखाउदै बलुवा गाँउका नागरिकताबाट बन्चित बुढी आमाहरु । तस्वीर : क्रान्ति शाह

 

क्रान्ति शाह
वीरगन्ज,१३असार : नागरिकताबाट बन्चित जन्मसिद्ध नागरिकका सन्तानहरु नागरिकताको माग गर्दै सडक आन्दाोलनमा पटक पटक उत्रिसकेका छन् । बुबा आमा नागरिक तर सन्तान अनागरिक बनेर बस्नु पर्ने पिडा उनिहरुको छ । यहि बेला संसदमा नागरिक विधेयक अगाडिड बढाउने तयारीमा सरकार रहेको चर्चा अहिले चलिररहेको छ ।

तर पर्साको दूरदराजमा रहेको एउटा गाँउको बेथा भने अर्कै छ । जहा २५ जना भन्दा बढि बुढी आमाहरु अनागरिक छन् । तीनका छोराछोरीले भने नागरिकता पाइसकेका छन् । तर तीनै छोराछोरीलाइ जन्म दिएका आमाहरु भने अनागरिक भएर बस्न बाध्य छन् । जीवनको उत्तरार्धमा पुगि सकेका ती बुढी आमाहरु नागरिकता पाइ हालिन्छ कि भन्ने आशमा अझै पनि छन् ।

पर्साको जीराभवानी गापा १ बलुवा टोलकी ६४ वर्षिया एकल महिला नगीना देवी दास तत्वाको माइती भारतमा हो ।
श्रीमान् भरत दास तत्वाको २७ वर्ष पहिले निधन भइसकेको छ । श्रीमान् जिउदै छदा विवाह दर्ता नगराएका कारण नगीना देवी , नेपाली नागरिकता पाउनबाट बन्चित छिन् ।नगीना देवी नागरिकताबाट बन्चित भएपनि उनका एक्ला छोरा अमर दास तत्वाले भने बंशज नागरिकता पाइ सकेका छन् ।

श्रीमान् २७ वर्ष पहिले बित्नु भयो , उ बेला विवाह दर्ता र नागरिकताको मतलब नै गरिएन , नगीना देवी भन्छिन् ,‘ अहिले नागरिकताका लागि विवाह दर्ता गर्न जादा श्रीमान्को नागरिकता माग्छन् तर श्रीमान्को नागरिकता हराइ सकेको छ ।बृद्धा नगीना देवीका छोरा अमर भन्छन् ,‘ मेरो बंशजको नागरिकता छ , तर बुबाको नागरिकता हराएकाले विवाह दर्ता हुन नसकी आमाले अहिले सम्म नागरिकता पाएकी छैनन् ।

नगीना देवीकै छिमेकी ७२ वर्षिया एकल वृद्धा महिला कोशीला देवी पनि नागरिकताबाट बन्चित छिन् ।तर कोशीला देवीका चार वटै छोराले भने बंशजको नागरिकता पाइ सकेका छन् ।

कोशीला देवीका माइला छोरा पलट राउत मुखीया बिन भन्छन् ,‘ बुवाको नागरिकता पनि बंशज नै थियो , त्यहि आधारमा हामी चारै दाजुभाइले बंशजकै नागरिकता पाइ सकेका छौ , तर आमाको अहिले सम्म नागरिकता बन्न सकेको छैन ।बुबा २० वर्ष पहिले नै बित्नु भयो , बुबााको नागरिकता पनि हराइ सकेको छ , पलट भन्छन् ,‘ आमाको माइती भारतमा हो , अहिले आमाको नागरिकता बनाउन जादा विवाह दर्ता र बुबाको नागरिकता खोज्छन् , त्यहि भएर आमको नागरिकता बनाउन सकिएको छैन ।

पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा गाँउमा मात्रै नगीना देवी , कोशीला देवी जस्ता भारत माइती भएका करिब २५ भन्दा बढि एकल बृद्धा महिलाहरु नागरिकता बिहिन छन् ।

 

बलुवा गाँउका नागरिकताबाट बन्चित भारत माइती भएका बृद्धा एकल महिलाहरु आफैले जन्म दिएका छोराहरुले नागरिकता पाइसकेको तर आफुहरु अनागरिक भएर बस्नु परेको दुखेसो पोख्छन् ।उ बेला नागरिकता बनाउनु पर्छ हेक्का नै भएन , त्यति सारो मतलब पनि गरिएन , बलुवाकै ७२ वर्षिया एकल महिला शम्शुल नेशा भन्छिन् ,‘ छोरा यो देशको नागरिक , अनि त्यहि छोरालाइ जन्म दिने म चाहि अनागरिक बसेर बस्नु परेको छ ।

नागरिकता नहुदा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट बन्चित रहेको उनिहरुको गुनासो छ ।भारत माइती भएकी बलुवाकै ६२ वर्षिया बृद्धा एकल महिला सलम खातुन भन्छिन् ,‘ पहिले सरकारबाट केहि सेवा सुविधा पाइदैनथ्यो त्यहि भएर नागरिकताको मतलब नै गरिएन , अहिले बुढा पेन्सन पाउन थालेपछि नागरिकता बनाउन खोज्दा बन्न सकेको छैन ।

जीराभवानी गाँउपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष शेख नुमान आजम पनि आफनो वडाको लबुवा गाँएमा मात्रै भारत माइती भएका झण्डै २५ जना बृद्धा एकल महिलाहरु नागरिकताबाट बन्चित रहेको बताउछन् ।
आजम भन्छन् ,‘ छोराहरुले बंशज र जन्मको आधारमा नागरिकता पाइसकेका छन् , तर बुढि आमाहरु भने नागरिकताबाट बन्चित छन् ।उनि भन्छन् ,‘ नागरिकताको सिफारिसका लागि विहे दर्ताको प्रमाणपत्र चाहिने र त्यसका लागि श्रीमान्को नागरिकता माग्दा हराइ सकेको भन्छन् , यहि कारणले सिफारिस गर्न सकिएन ।

नेपाली पुरुषसंग विहे गरि आउने विदेशी महिलालाइ सात वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेर नागरिकता ऐन संशोधनको तयारी भइरहदा पक्ष र विपक्षमा बहश चलिरहेको छ ।काँग्रेस , जसपा सहितका प्रतिपक्षी दल र मधेसका नागरिक अगुवाले यो प्रावधानले भारतसंगको सामाजिक र सांस्कृति सम्बन्ध बिगार्ने भन्दै विरोध गरिरहेका छन् ।

भोजपुरी भाषा एंव संस्कृति विद् उमाशंकर द्विवेदी भन्छन् ,‘ अहिले विहे गरेर आउने वित्तिक्कै नागरिकता दिने कानुन हुदा त बलुवा गाँउका जस्ता कैयन महिला बुढि भइसक्दा पनि नागरिकताबाट बन्चित छन् , यदि ७ वर्ष पछि मात्रै नागरिकता दिने कानुन बन्यो भने झन के बेहाल होला बलुवाका बृद्धा महिलाको विवशता हेरेर सहजै अनुमान लगाउन सकिन्छ ।
सरकारले ल्याउन लागेको नयाँ नागरिकता विधेयकले नेपाल र भारतका सीमावर्ती नागरिक बिचको सदियौं देखिको सामाजिक , सांस्कृति र पारम्परिक सम्बन्धलाइ प्रभाव पार्ने भएकाले मधेसमा यस्को विरोध भइरहेको उनले बताए ।

The post मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक
मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/Baluwa-1.jpg?resize=686%2C457&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_264.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_264.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy