बिना सेनाको सेनापति भए मुख्यमन्त्रीहरु :-- सांसद् यादव

वीरगञ्ज ६ असार । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद् प्रदीप यादवले नेपालको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु बिना सेनाको सेनापति भएको बताएका छन् ।

सोमबार संघीय सांसदमा नपेाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सपुररवेक्षण र समन्वय) २०७६ को पहिलो संसोधन विधेयकमाथि चलिरहेको छलफलमा बोल्दै सांसद् यादवले प्रदेशका मुख्यमन्त्रीहरुलाई एउटा हवल्दार र सिपाहीलाई सरुवा गर्ने अधिकारसमेत नभएको बताउँदै उनीहरु बिना सेनाको सेनापति भएको बताए ।

'अहिले प्रदेशका मुख्यमन्त्रीहरु बिना सेनाको सेनापति जस्तै भएका छन्  । एउटा हवल्दार र सिपाहीलाई यहाँबाट त्यहाँ गर्ने अधिकार छैन,' उनले भने, 'अहिले हामी संघीयताको कुरा गर्छौँ, संघीयतालाई मजबुत बनाउने तर्फ अगाडि बढेको कुरा गर्छौँ  । तर एकातिर चाहिँ हामीलाई संघीयतालाई कमजोर पार्ने कोशिस गर्छौँ जस्तो हामीलाई लाग्छ ।'

त्यसैगरी सांसद् यादवले प्रदेशको प्रहरी प्रमुख डीआईजीको सट्टामा एआईजीलाई राख्नुपर्ने सुझाव दिए । डीआईजीसँग प्रदेश चल्न नसक्ने तर्क गर्दै उनले प्रदेश प्रहरीलाई राम्ररी सञ्चालन गर्न एआईजीको दरबन्दी कायम गर्नुभने बताए । 'ऐनमा प्रदेशमा डीआईजीको दरबन्दी राखिएको छ प्रदेश प्रमुखको रुपमा । त्यो ठिक भएन, यसलाई हामीले संघीयतालाई कमजोर पार्ने षडयन्त्रको रुपमा लिरहेको छौँ । डीआइजीले प्रदेशलाई थाम्न सक्दैन । खासगरेर हाम्रो सिमा भारत र चिनसित टाँसिन्छ । अन्य धेरै कुराको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ र त्यो डीआईजीले सक्दैन,' उनले भने ।

उनले प्रदेशको प्रहरी प्रमुख भन्दा जिल्लाको सिडिओ ठूलो भएको भन्दै भने, 'पूर्व माननीयजीहरुले पनि भनेर जानुभएको छ, जिल्लामा सिडीओका रुपमा सह-सचिवलाई दिएको छ र सह-सचिव भन्दा डीआईजी तल हुन्छ  । त्यसकारण त्यहाँ डीआईजीको ठाउँमा एआईजीको दरबन्दी कायम गर्नुपर्छ । काठमाडौँमा एआईजीलाई राख्नुको सट्टा उनीहरुलाई ७ वटै प्रदेशमा खटाउनु पर्छ । काठमाडौँको लागि आईजी हुनहुन्छ ।'

विधेयकमा उपत्यकामा केन्द्र शासित प्रहरी प्रणाली लागू गर्ने कुरालाई पनि संघीयता विरोधी कदमको संज्ञा दिँदै उनले भने, 'यो कदम संघीयता विरोधी हो र प्रदेशलाई कमजोर पार्ने एउटा षडयन्त्रको हो । यस कारण यसलाई प्रदेशमा नै राख्नु पर्ने मेरो सुझाव छ ।'

यादवले प्रदेशमा प्रहरी समायोजन नै नभई ऐन संसोधन गर्नु गलत भएको बताए । 'पहिला त मेरो हिसाबले प्रहरी प्रदेशमा समायोजन हुन जरुरी थियो । त्यसपछि ऐन संसोधन गरेको भए राम्रो हुन्थ्यो । विगतको केपी ओलीको सरकारमा पनि त्यस्तै भयो । अब समायोजन हुन्छ, अब समायोजन हुन्छ तर समायोजन हुन सकेन,' उनले भने ।

यादवले देशभरका कारागारलाई पनि प्रदेशको मातहातमा राख्नु पर्ने सुझाव दिए । उनले कारागारहरुको जिर्ण अवस्थाको बारेमा ध्यानाकर्षण गराउँदै शहरी क्षेत्रको कारागारलाई अन्यत्रै सार्नु पर्छ बताए  ।
neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: बिना सेनाको सेनापति भए मुख्यमन्त्रीहरु :-- सांसद् यादव
बिना सेनाको सेनापति भए मुख्यमन्त्रीहरु :-- सांसद् यादव
https://blogger.googleusercontent.com/img/a/AVvXsEjuvFvfXHbP_a831K87DDPHP91jJcfkb144uvrsk38z8bwAwHxP54gaGikNGIROy-US4swG1t9oDND114I78IT9EIcizebmAWl3Oqn3JUn2fdNpzpq0M8zeIOFcYsb2axzwtuXtaIvlOy_ot1J2AvN7lHJV_fMYgNrl71JejVRVBjVXoC26llUKvGNdkQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjuvFvfXHbP_a831K87DDPHP91jJcfkb144uvrsk38z8bwAwHxP54gaGikNGIROy-US4swG1t9oDND114I78IT9EIcizebmAWl3Oqn3JUn2fdNpzpq0M8zeIOFcYsb2axzwtuXtaIvlOy_ot1J2AvN7lHJV_fMYgNrl71JejVRVBjVXoC26llUKvGNdkQ=s72-c
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_25.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_25.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy