माधुरी महतो
वीरगन्ज ,११ असार : बाराको निजगढबाट ट्राफिक प्रहरीले लागु औषध गाजा सहित एक जनालाइ पक्राउ गरको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षिय लालकाजी घिसिङ रहेका छन् । उनको साथबाट १३ केजी गाजा बरामद भएको प्रहरीले जनाएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट खटिएको ट्राफिक प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १ धन्सारपुल नजिकै पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा घिसिङ गाजा सहित पक्राउ परेका हुन् ।
हेटौडा तर्फबाट आउदै गरेको प्रदेश ३–२–०१० प ३४९३ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ३० वर्षकी महिला पिठियूमा बोकेको झोला फालेर जंगल तर्फ फरार भएकी थिइन् ।
त्यसपछि ट्राफिक प्रहरीले मोटरसाइकल चालक घिसिङले काधमा भिरेको रातो रंगको कपडाको झोला तथा महिलाले फालेको झोला खोलेर हेर्दा दुबै झोलामा लागू औषध गाँजा १३ किलोग्राम फेला परेपछि घिसिङ्लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
The post निजगढबाट १३ केजी गाजा सहित लालकाजी पक्राउ appeared first on Madhes Khabar.