जिसस पर्साको अध्यक्षमा निरन्जन साह सोनार विजयी

वीरगंज, २७ जेठ । जिल्ला समन्वय समिति (जिसस ) पर्साको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनको प्यानल विजयी भएको छ ।
शुक्रवार भएको निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका हुन् । बाँकी ७ सदस्यमा पनि जसपा एमालेकै गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार, जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका हुन् ।उनका प्रतिद्धन्द्धी नेपाली काङग्रेसका उम्मेदवार सरोज चौरसीयाले भने १३ मत मात्रै पाएका छन् ।
यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी काङग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाएकी छन् ।
जिससको ७ जना सदस्यमा जसपाका विजय कुमार राउत, राजपति देवी, व्यान्ति देवी कुर्मी, एमालेका राम प्रसाद यादव, सुशीला कामी, श्रीकान्ति देवी थरूनी र सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् ।
सदस्यमा अरू सबैले १५र१५ मत पाउदा जसपाका राउत भने १६ मत पाएर विजयी भएका हुन् ।
शुक्रवार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि २८ जनाले मतदान गरेका थिए ।
सत्तागठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारूढ दलहरूकै बिच गठन गठबन्धन गर्न निर्देशन दिएको थियो । तर जिसस पर्साको निर्वाचनमा भने सत्तारूढ दल जसपाले भने एमालेसंग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो । काङग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो । उसलाइ १ पालिका प्रमुख जितेको लोसपाले समर्थन गरेको थियो ।
पर्सामा रहेको १४ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरि कांग्रेसले १२ पद, एमालेले १० पद, जसपाले ५ र लोसपाले १ जना प्रमुख पद जितेको थियो ।
neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: जिसस पर्साको अध्यक्षमा निरन्जन साह सोनार विजयी
जिसस पर्साको अध्यक्षमा निरन्जन साह सोनार विजयी
https://blogger.googleusercontent.com/img/a/AVvXsEgdXpnbBCuIVnAAwzeVqnL4PReSk6wH2wN3SmUTDOJguFpoBOTl7MdjfmOjRTqh8xBKYqZAP6EwVfIHbOt0f8LsRVkvmIi2t8MBc0i2JyG2_aEpEs-jqD91TBpuKVABC_SKot7Z25qEYgatA_tIcz4LBmAMqEsSn-zOZFoFQhPz9uJanK0dqdlhgDeBzw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgdXpnbBCuIVnAAwzeVqnL4PReSk6wH2wN3SmUTDOJguFpoBOTl7MdjfmOjRTqh8xBKYqZAP6EwVfIHbOt0f8LsRVkvmIi2t8MBc0i2JyG2_aEpEs-jqD91TBpuKVABC_SKot7Z25qEYgatA_tIcz4LBmAMqEsSn-zOZFoFQhPz9uJanK0dqdlhgDeBzw=s72-c
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_10.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_10.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy