तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह

रुपन्देही। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा (माओवादी केन्द्र)को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उहाँले जीवन विविधताकै कारणले चल्ने उल्लेख गर्नुभयो । “जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेको सँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्”, महामन्त्री शर्माले भन्नुभयो ।

अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पु¥याएर मतदान गर्न उहाँले मतदातासामु आग्रह गर्नुभयो । तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत उहाँले प्रशंसा गर्नुभयो । तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै महामन्त्री शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रूपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताउनुभयो । “जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन”, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि काँग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गर्नुभयो ।

कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्नेबाहेक अन्य केही काम नगरेको बताउनभयो । कोरोना महामारीमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको उहाँको आरोप थियो ।

प्रदेशसभा सदस्य रमा अर्यालले महिलाका समस्या समाधान गर्न नेतृत्वमा महिला आउनुपर्ने बताउनुभयो । काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार एवं कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवार बनेको धारणा राख्नुभयो ।



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह
तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/04/1602405255-0yJ7v-1024x488.jpg
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_99.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_99.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy