बैतडी । बैतडीको डिलाशैली गाउँपालिका वडा न. १ र वडा न. १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार वडा न.१मा नेपाली काँग्रेस र वडा न. २मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ ।
वडा न. १मा कृष्ण कुमार धामी ७ सय ७० मत सहित विजयी हुँदा नेकपा(एमाले)का वीरेन्द्र महराले ४सय ९७ मत ल्याउनुभएको छ । यसैगरी वडा न.२मा नेकपा(एमाले)का नवराज घरडी ६ सय ४३ मत ल्याइ विजयी हुँदा काँग्रेसका कृष्ण रानाले ४६९ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिका अध्यक्षमा भने, गठबन्धनका माओवादी उम्मेदवार लोकेन्द्र राना शितलले १हजार २सय ६४ प्राप्त गरी अग्र स्थानमा रहँदा एमालेका अक्कल बहादुर रानाले १हजार १मत ल्याउनुभएको छ ।उपाध्यक्षमा पनि गठबन्धन अगाडी देखिएको छ जसमा काँग्रेसका भगीरथ बोहराले १हजार २सय १९ मत ल्याउँदा एमाले उम्मेदवार लिलावती जोशीले १हजार १सय ४८ मत ल्याउनुभएको छ । डिलाशैनीमा अहिले वडा न. ३र वडा न. ४को मतगणना सुरु गरिएको छ ।