
बैसाख ३१, काठमाडौँ: काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना हुदैछ।
निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनु भए अनुसार सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने र केहीबेरमा गणनास्थल थप गरिने छ। सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।