दाङ। दाङको तुलसीपुरमा मतगणना कार्य जारी रहेको छ । अहिलेसम्म १८ हजार १९३ मत गणना गर्दा एमालेका उम्मेदवार अघि रहेका छन् ।
नेकपा एमालेका तर्फबाट टिकाराम खड्काको ७ हजार ४८६ ल्याई अघि हुनुहुन्छ । यस्तै गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका गेहेन्द्र गिरिको ७ हजार ४६७ मत प्राप्त भएको छ । मेयर पदमा १९ मतको अन्तर रहेको छ ।
यसैगरी उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले ६ हजार ९६१ मत ल्याउनु भएको छ । गठबन्धनका तर्फबाट एकीकृत समाजबादीका नेता जोगबहादुर रानाले ५ हजार ९४७ मत ल्याउनु भएको छ । उपमेयर पदमा चौधरी र रानाबिच १ हजार १४ मतको अन्तर रहेको छ ।
अहिलेसम्म तुलसीपुरको १, ४ र ५ गठबन्धनले विजयी हासिल गरेको छ भने २ मा नेकपा एमाले विजयी भएको छ । ३ मा एमाले अघि छ भने ६ मा कडा प्रतिस्पर्धा भइरहेको छ ।