सुनसरीे । सुनसरीको धरानमा अहिलेसम्म ३५ सय मत गणना भएको छ ।
३५ सय मतगणना हुँदा मेयरमा गठबन्धनको तर्फबाट किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघाको अग्रता छ ।
गठबन्धनतर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले १३४० मत प्राप्त गरेर अग्र स्थानमा रहनुभएको छ भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङलो ९२२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा एमालेका मञ्जु भण्डारीले ७०६ मत ल्याउनुभएको छ ।
यसैगरी उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १४३९ मत ल्याएर अग्र स्थानमा रहनु भएको छ भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ८४४ मत प्राप्त गर्नुभएको छ ।
धरान १,२, ३ नम्बर वडाबाट सुरु भएको मतगणनामा २ नम्बर वडाको मतगणना सकिएको बताइए पनि औपचारिकरुपमा घोषणा भने गरिएको छैन ।