अमेरिकी मतदातालाई गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारको लागि आवाज बुलन्द पार्न राष्ट्रपतिको आग्रह

वासिङ्टन। अमेरिकी मतदाताहरूले गर्भपतनको ’मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार बताउनुभएको छ ।

सर्वोच्च अदालतले यो प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने उहाँले बताउनुभएको हो ।

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिनुभयो ।

तथापि, यदि अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानून राज्यहरूको आ–आफ्नो कानूनमा निर्भर हुनेछ र नोभेम्बरको मध्य चुनावमा यस प्रक्रियाको अधिकारलाई समर्थन गर्ने अधिकारीहरूलाई यसलाई निर्वाचन गर्न मतदाताहरूमा दबाव पर्ने उहाँले एक पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको गोप्य रूपमा बाहिरिएको एउटा मस्यौदा दस्ताबेजले पूरै अमेरिकालाई स्तब्ध बनाएको भनाइ अमेरिकी अधिकारीहरूको छ ।

पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय ‘अत्यन्त गलत’ भएको लेख्नुभएको भन्ने समाचारहरू सार्वजनिक भएका हुन् । यदि सर्वोच्च अदालतले रोविरुद्ध वेड मुद्दाको निर्णयलाई उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुने छ । न्यायाधीशहरूले जुलाई महिनाको सुरुवातभन्दा अगाडि यो विषयमा निर्णय नसुनाउने ठानिएको छ ।एएफपी



neelambads
Name

news,669,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: अमेरिकी मतदातालाई गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारको लागि आवाज बुलन्द पार्न राष्ट्रपतिको आग्रह
अमेरिकी मतदातालाई गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारको लागि आवाज बुलन्द पार्न राष्ट्रपतिको आग्रह
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/03/Biden_12022-03-24-10-05-32_1000x598_50.webp
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_42.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_42.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy