रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा आइतबार बिहान ७ बजेसम्मको मत परिणाम अनुसार जम्मा ३००९ मत गणना भइको छ ।
अहिलेसम्मको मत गणनामा गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका कर्ण बहादुर बाठाले १५६० मत प्राप्त गरेर अग्रता लिइरहनु भएको छ भने नेकपा माओवादी केन्द्रका रेशम पुनले १२८७ मत प्राप्त गर्दै पच्छाउँदै हुनुहुन्छ ।
त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी भागिसरा बन्दिपुरेले १३४० मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ भने नेपाली काङ्ग्रेसका लेखमणि खड्काले १२९० मत प्राप्त गरी पच्छाउँदै हुनुहुन्छ र नेकपा एमालेकी जानकी के सी ले १३८ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म २ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष देउराम घर्तीले ४८८ मत लिएर सम्पुर्ण प्यानल विजयी हुनुभएको छ र २ नम्बर वडामा नेकपा एमालेका कविराज बुढाले ११०६ मत लिएर सहित सम्पूर्ण प्यानलले विजयी हासिल गरेको अवस्था छ ।