सोमवार मध्यरातमा नगवामा तनाव

वीरगंज, २७ बैशाख । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा सोमवार मध्यरातमा चुनावको विषयलाइ लिएर रातभर तनाव भएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगी, चुनावी दौरानका क्रममा सोमवार राति नगवा स्थित काङग्रेसका एक स्थानीयको घरमा गएका बेला स्थानीयहरूको एक समुहले होहल्ला गर्दै घर घेराउ गरेपछि स्थिती तनावपूर्ण बनको हो ।
एमाले उम्मेदवार सरावगी मोटरसाइकलमा सवार भइ आफना सहयोगीका साथ राति १२ बजे तिर स्थानीय काङग्रेस नेता विनोद चौरसीयाको घरमा गएका थिए ।
चौरसीयाको घरमा सरावगी प्रवेश गरे लगत्तै उनलाइ पछ्याउदै गएका स्थानीयहरूको एक समुहले सरावगीले निर्वाचन आचार संहिता उल्लंघन गरेर राति मतदाताको घरमा किन आएको भनेर होहल्ला गरेका थिए ।
चौरसीयाको घरको मुल गेट अगाडि नै झण्डै तीन घण्टा सम्म स्थानीयको समुहले होहल्ला गरिरहेपछि त्यहा प्रहरी पुगेको थियो ।
वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरबाट गएको टोलीले मङगलवार बिहान ३ बजे तिर चौरसीयाको घरबाट सरावगीलाइ उद्धार गरेर चिनीमल आवास क्षेत्र स्थित उनको घरमा पुरयाएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
प्रहरी उपरीक्षक बस्नेतले, सरावगी चुनावी दौरानका क्रममा भोट माग्न राति १२ बजे तिर नगवा स्थित काङग्रेस कार्यकर्ताको घरमा गएपछि जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले घर घेराउ गरेर होहल्ला गरेको र त्यो खबर आफुले साढे १२ तिर पाए लगत्तै त्यहा प्रहरी परिचालन गरेको बताए ।
आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काङग्रेस कार्यकर्ताको घरमा किन आएको भनेर जसपाका कार्यकर्ताहरूले होहल्ला गरेको र प्रहरी पुगेर बिहान ३ बजे तिर सरावगीलाइ स्कर्टिङग गरेर घरमा पुरयाइ दिएको बस्नेतले बताए ।
राति प्रदर्शन गरेका जसपाका कार्यकर्ताहरूले भने निर्वाचन आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काङग्रेसी नेताको घरमा आउनु शंकास्पद भएकाले आफुहरूले निगरानी गरेको बताए ।
सरावगी पैसाको झोला बोकर भोट किन्न आए पछि आफुहरूले प्रतिवाद गरेको उनिहरूको भनाइ छ ।
चौरसीयाको घरमा खानतलाशी गर्न भने पनि प्रहरीले नमानको उनिहरूको आरोप छ ।
तर प्रहरी उपरीक्षक बस्नेतले चौरसीयाको घर प्रहरीले खानतलाशी गरेको र त्यहा कुनै पनि रकम फेला नपरेको बताए ।
विजय सरावगी के भन्छन् ?
सरावगीले नगवाको रातिको घटना जसपाका मेयर उम्मेदवार र उनिबाट परिचालित कार्यकर्ताहरूको चुनावी स्टण्ट भएको बताए ।
उनले आफु मत माग्न मतदाताको घरमा गएका बेला विपक्षी दलका उम्मेदवार र तीनका कार्यकर्ताले गुण्डागर्दी शैलीमा होहल्ला गरेर अनावश्यक बवाल गरेको बताए ।
सोमवार राति आफु परवानीपुरको रात्री चुनावी सभामा रहेकै बेला नगवाबाट चौरसीयाले फोन गरेर बोलाएको र परवानीपुरको कार्यक्रम सकेर जादै गर्दा राति पौने १२ बजे तिर उनको घरमा पुगेको सरावगीले बताए ।
आफु चौरसीयाको घरमा पुग्ने बित्तिक्कै नजिकै जसपाले गरिरहेको चुनावी भोजभतेरमा रहेका जसपाका कार्यकर्ताहरूले अराजक शैलीमा होहल्ला गरेर घर घेराउ गरेको सरावगीले बताए ।
होहल्ला गरेको १ घण्टा सम्म कुर्दा पनि प्रहरीबाट कुनै पहल नभएपछि आफुले पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतलाइ फोन गरेर घटना वारे जानकारी गराएपनि दुई घण्टा सम्म कुनै वास्ता नगरेको सरावगीले गुनासो गरे ।
त्यसपछि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ फोन गरेपछि मात्र प्रहरी उपरीक्षक बस्नेतले प्रहरीको थप टोली पठाएर त्यहाबाट आफुलाइ उद्धार गरेर आफनो निवासमा पुरयाइ दिएको सरावगीले बताए । प्रहरी प्रमुखको बदनियतका कारण आफु त्यहा ३ घण्टा सम्म मानसिक यातना खेप्न बाध्य भएको आरोप पनि सरावगीले लगाए ।
सरावगीले भने,' म उम्मेदवार हु, हरेक मतदाताको घरमा जान पाउनु मेरो अधिकार हो, त्यसमा पनि नगवामा राति मतदाता स्वंयले भेट्न बोलाएका हुन्, म भोट माग्न गएको थिए तर विपक्षीबाट परिचालितहरूले यसलाइ राजनीतिक स्टण्ट बनाए, यो घटना विपक्षी उम्मेदवारको सुनियोजित योजनामा गराइएको हो, जनताले सब कुरा बुझिरहेका छन् ।
राजेशमान सिंह के भन्छन् ?
जसपाका मेयर उम्मेदवार राजेशमान सिंहले भने रातिको घटनामा जसपाका कार्यकर्ता नरहेको दाबी गरे । नगवावासी स्वस्र्पmुत रूपमा गलत हर्कतको प्र्रतिवाद र विरोधमा उत्रिएको उनले बताए ।
राजेशमानले भने,' रातिको घटनामा जसपाका नेता कार्यकर्ता थिएन, सबै नगवाबासी थिए, नगवावासीमा हुन सक्छ जसपाका पनि एक दुई कार्यकर्ता हुन सक्छन्, तर हामीले परिचालित गरेको चाहि होइन ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेर राति कसैको घरमा पस्नु, जनताले प्रतिवाद गरेपछि भाग्नु कुराले नै सबै कुरा छर्लङग पारेको उनले बताए ।
सरावगी प्रति लक्षित गर्दै राजेशमानले भने,' उहाको कामै त्यहि हो, वीरगंजको राजनीतिलाइ फोहोरी बनाइदिनु भएको छ र अर्र्को कुरा जनता यसपाली सचेत भइसकेका छन्, त्यसैको नतीजा रातिको घटना हुन पुगेको हो ।
प्रहरी उपरीक्षक बस्नेतले भने राति १२.३० बजे खबर पाउने बित्तीक्कै प्रहरी घटनास्थलमा पुग्दा करिब दुई अढाइ सयको संख्यामा जसपाका कार्यकर्ताहरूले होहल्ला र नाराबाजी गरिरहेको अवस्था रहेकाले स्थिती साम्य बनाउन समय लागेकाले सरावगीको उद्धारमा ढिला हुन पुगेको बताए ।
कुनै पनि उम्मेदवारले निर्वाचन आचार संहिता विपरित बेलुकी ७ बजे पछि चुनावी गतिविधी गर्न नपाउने भन्दै प्रहरी उपरीक्षक बस्नेतले सोमवार राति भएको घटना वारे अनुसन्धान भइरहेको बताए ।

neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: सोमवार मध्यरातमा नगवामा तनाव
सोमवार मध्यरातमा नगवामा तनाव
https://blogger.googleusercontent.com/img/a/AVvXsEjyKw-HsMSZfJF3h52lYFKulLWdDt2DZ2eSJzNy-QgZsQ-YGDsZ_TQtC1h4FbKeULANPdMlHspaj58OcTM9cOmkOgTtFjzenP634yHEusudRjXBxClTSiLlsReJ8LWKdTKtVMJ04c9e97U3GWnHZt7jeIg69C_EdLVUycevaLm4eJ4KadSF6nal3eHzOw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjyKw-HsMSZfJF3h52lYFKulLWdDt2DZ2eSJzNy-QgZsQ-YGDsZ_TQtC1h4FbKeULANPdMlHspaj58OcTM9cOmkOgTtFjzenP634yHEusudRjXBxClTSiLlsReJ8LWKdTKtVMJ04c9e97U3GWnHZt7jeIg69C_EdLVUycevaLm4eJ4KadSF6nal3eHzOw=s72-c
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_10.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_10.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy